नेपाली क्रिकेट टोली अमेरिकामा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा आयोजना हुन लागेको त्रिदेशीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको छ ।
गुजरात डेब्युमै च्याम्पियन
नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो ।
यू–१९ महिला क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि नेपाली अन्तिम टोलीको घोषणा गरेको छ ।
अमेरिका जाने क्रिकेट टोलीको विदाइ
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाइ गरेको छ ।
राजस्थान रोयल्स फाइनलमा
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमने फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।
बेंगलोर आइपीएलको क्वालिफायरमा
रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा बुधबार राति भएकोएलिमिनेटर राउन्डमा बेंगलोरले लखनउ सुपर जायन्ट्सलाई १४ रनले हरायो ।
कप्तान सन्दीपसहित ६ क्रिकेटरलाई प्रायोजन
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ६ जना क्रिकेटरलाई भारतको क्रिकेट खेल सामग्री उत्पादन कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।
नेपाल टी–२० लिग मात्र मान्य, क्रिकेटरको तलब बढ्यो
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० फ्रेन्चाइज लिगलाई मात्र मान्यता दिने भएको छ । क्यानको मंगलबार अबेर सम्पन्न बोर्ड बैठकले क्यानको आयोजना गर्ने लिगमात्र नेपालको आधिकारिक फ्रेन्चाइज लिग हुने निर्णय गरेको हो ।
गुजरात फाइनलमा प्रवेश
गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
इपीएल गर्न नदिने क्यानप्रति असन्तुष्टी
नेपालको क्रिकेट फ्रेन्चाइज लिगमा चर्चित ब्रान्ड बनाएको एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) प्रति असन्तुष्टी ब्यक्त गरेका छन् ।
लिग–२ मा सकभर धेरै खेल जित्छौँ : सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल जित्ने बताउनुभएको छ ।
आइपीएल : रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा
रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । मुम्बई स्थित वानखडे स्टेडियममा शनिबार राति भएको खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएपछि बेंगलोरले प्लेअफमा स्थान बनाएको हो ।
युगान्डाविरुद्ध अन्तिम खेलमा नेपाल विजयी
काठमाडौं, जेठ ७ गते । पाहुना टोली युगान्डाविरुद्ध पाँचौं तथा अन्तिम टी–२० सिरिजमा नेपाल विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले युगान्डालाई ३४ रने हरायो । यससँगै युगान्डाले नेपालविरुद्ध पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले दुई खेल अगावै सिरिज जितेको थियो । नेपालले पछिल्ला दुई खेलमा भने जित निकाल्यो । अन्तिम खेलमा जितका लागि एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनमा समेटिएको थियो । युगान्डाका लागि रिता मुसामालीले २६ रन बनाउनुभयो । केभिन अविनोले १५, साकिरा सादिकले अविजित १३ र जानेट एम्बावाजीले १० रनब नाउनुभयो । बलिङमा नेपालका सिता रानामगर र इन्दु बर्माले दुई दुई विकेट लिनुभयो । अस्मिता कर्माचार्य र हरिनमायी रोयले एक एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाउनुभयो । कविता जोशीले अविजित १८, सीता रानामगरले १७, अप्सरी बेगमले ११ र इन्दु बर्माले ८ रन बनाउनुभयो । बलिङमा युगान्डाका लागि युगान्डाकी कप्तान कोन्सी अवेके र फिओना कुलुमेले एक एक विकेट लिनुभयो । नेपालले पाँच खेलको सिरिजमा तीन हार र एक जित निकालेको छ ।पाहुना टोली युगान्डाले लगातार तीन खेल जित्दै सिरिज जितेको छ । नेपालले पहिलो खेलमा १२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ए कविकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।
नेपालद्वारा युगान्डालाई एक सय २४ रनको लक्ष्य
युगान्डाविरुद्धको टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पाहुना टोली युगान्डालाई जितको लागि उक सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको छ ।
युगान्डासँग लगातार तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।
अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ ।
नेपाल टी–२० क्रिकेट लिग असोजमा
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग आगामी आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म काठमाडौंमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग टी–२० खेल्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको जानकारी दिएको हो ।
नेपालले जित्यो सिरिज
पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार भएको तेस्रो तथा सिरिजको अन्तिम खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो ।
नेपाललाई जिम्बावेको दुई सय १४ रनको लक्ष्य
पाहुना टोली जिम्बावेले नेपाललाई जितको लागि दुई सय १४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १३ रन बनायो ।
नेपाल जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्दै
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आज (सोमबार) नेपालले जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गर्न जिम्बावेलाई निम्त्याएको हो ।
जिम्बावेमाथि नेपालको सानदार जित
जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सानदार जित निकालेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई नौ विकेटले हरायो ।
बीबीए कप क्रिकेटमा पब्लिक युथलाई ह्याट्रिक उपाधि
आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेस्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।