हात्तीलाई थापेको विद्यूतीय धराप प्रयोग गरेर माछा मार्दा करेन्ट लागेर मृत्यु
झापाको मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शनिबार बिहान करेन्ट लागेर मेचीनगर वडा न.४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानको ज्यान गएको हो ।
सप्तरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ
सप्तरी प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ कनकपुर चौकबाट ब्राउनसुगरसहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो ।
सप्तरीमा प्रहरीमाथि कुटपिट, दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरीमाथि कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
टर्कीमा फुटबल म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ
टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।
नौबस्ता बाल सुधार गृहबाट भागेका ३६ जना बालबन्दी पक्राउ
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीलाई कुटपिट गरी बालसुधार गृहबाट नौ बिझ्याइँकर्ता फरार
जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् ।
४७ वर्ष पहिला चोरीको मुद्दामा फरार पक्राउ
४७ वर्ष पहिलाको चोरी मुद्दामा फरार एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०३५ साल वैशाख १५ गते साविक पेलाकोट गाउँपञ्चायत –२ हाल गल्याङ नगरपालिका –७ कल्लेरीका दिलबहादुर रानाको घरबाट २१ वर्षको उमेरमा सुनका गहना र रेडियो चोरी प्रकरणमा संलग्न गिरिप्रसाद गुरुङ ६८ वर्षको उमेरमा प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलन : हिंसात्मक गतिविधिमा संलग्न धमाधम नियन्त्रणमा
जेनजी आन्दोलनका क्रममा हत्या, आगजनी, तोडफोड, लुटपाट, चोरीलगायत हिंसात्मक गतिविधिमा संलग्न चार सय जना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरण अनुसार प्रहरीले काठमाडौँ उपत्यका, धनुषा, पर्सा, बारा, चितवन, धादिङ, काभ्रे, पर्वत, म्याग्दी, कास्की र बाँकेलगायत मुलुकका विभिन्न २२ जिल्लाबाट पक्राउ परेकामध्ये १६० जनामाथि मुद्दा दायर गरिएको छ ।
लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी
सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ मा बागमती प्रदेश सरकारको सहयोगमा निर्माणाधिन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको विद्युतको ट्रान्सफर्मर चोरी भएको छ ।
बन्दीपुरमा झैझगडाको क्रममा एकजनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।
अनिल अम्बानीको सम्पत्ति जफत
भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपियाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ ।
डा. निकोलस भुसाल पक्राउ
मङ्गलबार गोरखा नगरपालिका–८, रानीवनको ऋषिको कुटीबाट लुकिरहेको अवस्था मा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जनाकारी दिनुभयो।
जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ
काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक जना कैदी पाल्पाबाट पक्राउ परेका छन् ।
बर्दिबासका दुई स्थानबाट १९ जुवाडे नियन्त्रणमा
महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रका दुई स्थानमा छापा मार्दै जुवातास खेलिरहेका १९ जनालाई नियन्त्रणमा लिएको छ ।
गुल्मीमा छोराद्वारा बुबाको हत्या, आमा घाइते
गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन् । मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
एक साता अघिदेखि हराइरहेका शर्माको शव भेटिएपछि अवस्था तनावग्रस्त
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको हत्या भएको खुलेपछि अवस्था तनावग्रस्त बनेको छ ।
ताप्लेजुङमा अपराधजन्य घटना वृद्धि
ताप्लेजुङमा अपराधजन्य घटना बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्तव्य ज्यान, जबरजस्ती करणी, राष्ट्रसेवकमाथि बाधा अवरोध सिर्जना गर्नेसहित अपराधजन्य घटना बढ्दो क्रममा रहेको पाइएको हो ।
एक सातादेखि बेपत्ता सरोज शर्माको हत्या, दुई जना पक्राउ
एकसाता अघि आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको फिल्मि शैलीमा अपहरणपछि हत्या भएको जनाइएको छ ।
मुम्बई विमानस्थलमा दुई लुप्तप्राय लङ्गुर बरामद, एक जना पक्राउ
भारतका भन्सार अधिकारीहरूले मुम्बईको विमानस्थलमा तस्करी हुँदै ल्याइएका दुर्लभ जनावर जफत गरेका छन् ।
तीन महिनामा ३०८ वटा हिंसाका घटना
महिला पुनःस्थापना केन्द्र (ओरेक)ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मलेसियामा भ्रष्टाचारविरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ
गत महिनामा मलेसियामा भ्रष्टाचारविरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजारभन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।
प्रहरी चौकी आक्रमणमा संलग्न सात जना पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोयल क्याफेबाट ५० ग्राम लागुऔषधसहित दुईजना पक्राउ
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँकेले तस्करी, लागुऔषध ओसारपसार र बिक्री तथा अवैध आयात निर्यात रोक्न कडाई सुरु गरेको छ ।
रौतहटमा विभिन्न मुद्दाका फरार चार जना प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न समयमा फरार भएर लुकेर बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।