अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा
काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
२२ लाखभन्दा बढीको लत्ताकपडा बरामद
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–६ रेशमकोठीबाट असार १ गते लुकाई छिपाई राखेको करिब २२ लाख ७१ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।
क्यानाडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटालियन पेस्तोलसहित एक पक्राउ
मकवानपुर प्रहरीले इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्याङ्तानलाई लागुऔषध, इटालियन पेस्तोल र गोलीसहित पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
बहुबिबाह मुद्दा : कैद एक वर्ष फरार नौ वर्ष
कैद तथा जरिवाना निकै कम हुँदा पनि फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गर्न थालेको छ । बहुबिबाह मुद्दाका किशोर भुसाललाई नौ वर्षपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर कारागार चलान गरेको छ ।
भारत लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी बरामद
नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ ।
भत्ता बुझेको पच्चिस वर्षपछि मुद्दा
उमेर नपुगी ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र लिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
७६ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका ७६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट फैसला भए पनि लुकीछिपी बस्दै आएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
कपिलवस्तुको मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट १८८.९५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । लागु औषध कारोबार भइरहेको गुप्त सूचनाको आधारमा संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
१८ लाख रुपियाँसहित दुईजना पक्राउ
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
घरायसी विवादमा श्रीमानद्वारा श्रीमतीको हत्या
नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका–३ आम्बासका श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोही नगरपालिका बस्ने ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
ताप्लेजुङमा लागुऔषधसहित चार जना पक्राउ
ताप्लेजुङमा ब्राउन सुगरसहित चार जना परेका छन् । लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।
डिएसपी हुँ भनी ६ लाख ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले डिएसपी हुँ भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ
नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै छ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
लागुऔषधसहित सात पक्राउ
कैलाली प्रहरीले २७ ग्राम ३८० मिलिग्राम लागु औषध (खैरो हेरोइन)सहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुखड र गेटाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
भैँसी चोरी गर्ने पक्राउ
झापामा किसानको भैसी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–६ का खगेन्द्र कार्कीको पगाह लगाएको भैँसी चोरेर बिक्री गर्न लागेको अवस्थामा स्थानीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
मूल्य नराखी जुत्ता चप्पल उत्पादन गर्ने कारखानालाई दुई लाख जरिवाना
अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी जुत्ता चप्पल उत्पादन गरी बजारमा बिक्री वितरण गरेको आरोपमा बाँकेको एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।
टोखामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागुऔषध कारोबारी
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मङ्गलबार दिउँसो ३ बजे सो घटनामा ४० वर्षीय ससिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम घाइते भएका छन्।
ऋण मिलाइदिएबापत चौहत्तर लाख घुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैङ्कबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विदेश पठाइदिने भन्दै ११ करोड ठग्ने तिन जना पक्राउ
वैदेशिक रोजगारका लागि बेलायत पठाई दिन्छु भनी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
खैरो हेरोइनसहित फिदिमबाट पाँच जना पक्राउ
पाँचथर प्रहरीले फिदिम नगरपालिका–२ बाट प्रतिवन्धित खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रबन्ध निर्देशकसहित अठार जनाविरुद्ध मुद्दा
नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा : ३३ करोड बिगो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।