९५ लाख नगदसहित चार जना पक्राउ
काठमाडौँ, वैशाख २२ गते । पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका ९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट स्राेत नखुलेको नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे छन् । उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
मोबाइलबाट प्रश्न पत्र बाहिर पठाउने विद्यार्थी कारबाहीमा
राधा लुइँटेलफिदिम, वैशाख २२ गते । पाँचथरको याङवरक गाउँपालिका–४ को थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको नियमित परीक्षा दिइरहेका एक परीक्षार्थी कारबाहीमा परेका छन् ।उनले प्रश्न पत्रको गोपनीयता भङ्ग गरेकाले पक्राउ गरी कार्वाहि प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।आइतबार सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको नियमित परीक्षा सञ्चालनको क्रममा मोबाइलबाट प्रश्न पत्र बाहिर पठाएको पाइएपछि श्रीजंग मावि गोपेटारबाट परीक्षामा सहभागी छात्र निशेक काम्वाङलाई कारवाही गर्न केन्द्राध्यक्षको निवेदन आएसँगै छात्र पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका परीक्षार्थीबाट मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले परीक्षाको मर्यादा र गोपनीयतालाई भङ्ग गर्ने कार्यलाई गम्भीर रूपमा लिइएको जनाउँदै दोषी उपर कानुनबमोजिम कारबाही गरिने जानकारी दिनुभयो ।
विकल पौडेल भ्रष्टाचारी ठहर
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा पौडेललाई दोषी ठहर गरेको हो ।
दुई करोड ठगि गर्ने तत्कालिन सहकारीका अध्यक्ष पक्राउ
दुई करोडभन्दा बढी रकम हिनामिना गरी दुई वर्षदेखि फरार रहेका पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाललाई प्रहरी पक्राउ गरेको छ ।
करोडौ राजस्व छल्ने चार व्यवसायविरुद्ध मुद्दा दायर
भारतीय सिमावर्ती बजारबाट कपडाजन्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुहरू चोरी पैठारी गरी राजस्व छल्ने प्रवृत्तिमा तीव्र वृद्धि भएपछि राजस्व चुहावट नियन्त्रणका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले अनुगमन र छापाको गतिविधिमा तीव्रता दिएको छ ।
बच्चा जन्माई फालेको आरोपमा युवती पक्राउ
ओखलढुङ्गामा बच्चा जन्माएर फालेको आरोपमा १९ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफैँले जन्माएको नवजात शिशु फालेको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिका–९ की युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष पक्राउ
सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
बुहारीको योजनामा ससुराको हत्या
जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वन क्षेत्रबाट अवैध उत्खनन, ट्याक्टरसहित तीन जना पक्राउ
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट रातिको समयमा अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय धनुषाले तीनवटा ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ ।
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
रेशम चौधरी पक्राउका लागि पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।
एक सय ३८ केजी गाजासहित चालक पक्राउ
सप्तरी प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषध एक सय ३८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
घरेलुहिंसामा कमी नआएकोमा सरोकारवालाको चिन्ता
घरेलुहिंसा (कसुर र सजाय) ऐन-२०६६ बनेको १६ वर्ष पुगिसक्दा पनि घरेलुहिंसामा कमी नआएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
नाबालक छोराको हत्या गरी गाड्ने आमा र बाबु पक्राउ
आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वास्थ्य प्रमुख नै निःशुल्क औषधी विक्री गर्छन्
स्वास्थ्य कार्यालय ओखलढुङ्गा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ ।
शौचालयमा हत्या गरी फरार दुई जना पक्राउ
राममणि दाहालमकवानपुर, वैशाख १६ गते । शौचालयमा हत्या गरी फरार भएका मकवानपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत २४ गते राति २१ः५५ बजेको समयमा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ डुडेठाटीका चूडामणि कँडेललाई आफ्नै घरभित्र रहेको शौचालयमा हत्या गरी फालेर फरार भएका दुई जनालाई इलाका प्रहरी कार्यालय मनहरिले मङ्गलवार पक्राउ गरेको हो ।कँडेलको हत्या गरी फरार रहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.९ स्थित खर्कका वर्ष २७ का सन्चलाल मोक्तान र वर्ष २५ का प्रीतिलाल भन्ने पृथालाल थिङलाई मनहरी गाउँपालिका वडा ७ स्थित मनहरी बजारबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीलाई बुझाइएको छ ।
वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने दुई जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कबिहीन बनेका थिए।
तीन किलो ८६० ग्राम लागु औषधसहित एक जना पक्राउ
मकवानपुर प्रहरीले लागु औषध अफिमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । तीन किलो ८६० ग्राम लागु औषध अफिमसहित हेटौँडा–११ थानाभर्याङका ठाकुर सिंह मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गाडिएको अवस्थामा बालकको शव फेला
हराएको आठ दिनपछि नौ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बुवा र आमासँग बस्दै आएका नौ वर्षीय कुशल बुढाको शव बाँकेको बैजनाथ गाउँपालिका-४ नौलापुरमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नगर प्रमुखलाई दुर्व्यवहार गर्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने पुतलीबजार नगरपालिका –१ का विक्रान्त कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठ जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको पूर्व अध्यक्ष समेत हुन् ।
अवैध कारोबारमा २१ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
रेस्क्यूलाई उडेको हेलिले यात्रु र सामान बोकेमा कारबाही
नेपाली सेनाका बाहेक निजी कम्पनीका करिब ३० वटा बढी हेलिकप्टर नेपालका आकाशमा उड्ने गर्छन् । यी कम्पनीहरूको प्रतिस्पर्धा र कमाऊ धन्दाले गर्दा उद्धार प्रयोजनमा उडेका हेलिकप्टरहरू उड्ने र बस्ने दुवै ठाउँमा प्यासेन्जर र सामाग्रीहरू खोजी गर्ने गर्छन् । यो तितो सत्य आम सेवाग्राही र बिरामीले भोग्नु परेको भन्दै सरकारले हेलिकप्टरको प्रयोग बारे गम्भीर भएर नियमन गर्नु पर्ने जरुरी भएको लाक्पा शेर्पाको माग छ ।
मिटर ब्याजविरुद्ध किसान मजदुरको धर्ना
मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।