आदर्श वचनको व्यङ्ग्योक्ति
प्रहरी र आममानिसबीच यदाकदा देखिने विवाद तथा अप्रिय व्यवहारमा आदर्श वचनको व्यङ्ग्योक्ति देखिन्छ । सामान्य घटनामा समेत प्रहरीले संयमता गुमाउने र संलग्नमाथि बराबरी
सर्वोच्चमा न्यायाधीश सिफारिस , संसदीय सुनुवाइ असार १५ मा
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको असार १५ गते संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिले उजुरीको समयसीमा सकिएपछि सुनुवाइको मिति तय गरेको हो । समितिले शुक्रबार उजुरीकर्तासँग छलफलको कार्यतालिका बनाएको छ ।
लागुऔषधको जालो गाउँसम्मै
लागुऔषधको ओसारपसार, कारोबार र प्रयोगमा गुणात्मक वृद्धि भई राष्ट्रिय समस्याका रूपमा देखिन थालेपछि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने भएको छ ।
खाली चेक दिएर ९० लाख ठगी गर्ने पक्राउ
बैङ्किङ कसुरका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तादी गापा २ घर भई हाल काठमाडौँ ११ बबरमहल बस्ने ३९ वर्षीय प्रकाश कट्टेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
सर्बिया, रोमानिया र कोरिया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ
सर्बिया, रोमानिया र कोरिया रोजगारीका लागि पठाइ दिने भन्दै रकम लिएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर
चिनिलाई चामल भनेर बिक्री वितरणमा संलग्न पश्चिम नवलपरासीका एक जना सहित चार जना विरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर गरेको छ ।
एक करोड ३१ लाख को क्रिप्टो कारोबार गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने धादिङ थाक्रे गाउँपालिका ५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् ।
पर्साबाट ठुलो परिमाणाममा लागुऔषध बरामद
सिर्सिया प्रहरी चौकीको टोलीले बिहीबार काठमाडौँबाट वीरगन्ज आइरहेको एक मालवाहक ट्रकबाट तीन सय १९ किलो लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।
हत्या आरोपी २१ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले २१ वर्षपछि हत्याका आरोपीलाई पक्राउ गरेको छ ।
कैलालीको लम्कीमा एक वृद्ध मृत फेला, भान्जा नियन्त्रणमा
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन् ।
फेसबुकमार्फत ६२ लाख बढी ठगी गर्ने मेहता पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत थाइल्याण्डको बासिन्दा हुँ भनी पटक–पटक गरि ६२ लाख पचहत्तर हजार दुई सय रुपियाँ ठगी गर्ने एक जनालाई प्रहरिले पक्राउ गरेको छ ।
पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
बालयौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ
गोरखामा बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका – १ स्थायी घर भएका ३४ वर्षीय शिक्षक बिजय कुमार गिरी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
ठक्कर दिएर फरार चालक कारसहित पक्राउ
पैदल यात्रीको मृत्यु हुने गरी ठक्कर दिएर घटनास्थलबाट फरार भएका कारसहित चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले पक्राउ गरेको छ ।
असईमा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ
सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा जागिर लगाई दिने भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १५ घर भएका ४७ वर्षीय सोम कौशिक क्षेत्री रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
बालिकालाई जबरजस्ती गरेको आरोपमा एक व्यक्ति पक्राउ
चन्द्र पन्दाकताप्लेजुङ, असार १० गते। ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३४ वर्षीय पुरुष पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बालिकालाई जबरजस्ती गरेको जाहेरीका आधारमा आरोपित पुरुषलाई पक्राउ गरिएको हो। प्रहरी कार्यालयमा परेको जाहेरीअनुसार ती पुरुषले गएको आइतबार राति डरत्रास र धम्की दिनुका साथै विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ।जबरजस्ती करणीसम्बन्धी जाहेरीपछि खोजतलास गर्ने क्रममा पक्राउ परेका पुरुषमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सातको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।
ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ग्रिस पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने बराम पक्राउ
वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ३७ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीको हत्या अभियोगमा पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।
शवदाह मेसिनमा अनियमितताको आरोप, सोह्र जनाविरुद्ध मुद्दा
शव जलाउने विद्युतीय मेसिन खरिद तथा जडान गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुत्केरी भाउजूको देवरबाटै हत्या, सुनको लोभले लियो ज्यान
कैलालीको गौरीगङ्गा नगरपालिका–७ कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
झडपमा घाइतेको सङ्ख्या १० पुग्यो, सात जना पक्राउ
सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलमा शनिबार बाटो विस्तारको विषयलाई लिएर भएको झडपमा दुई प्रहरीसहित १० जना घाइते भएका छन् ।
जङ्गली जनावर तर्साउन जडान गरिएको विद्युतीय धरापले किसानकै ज्यान लिँदै
जङ्गली जनावरलाई तर्साउन खेतमा जडान गरिएका विद्युतीय धरापले किसानका लागि नै ज्यानमारा साबित हुन थालेका छन् ।
झापामा एयर पेस्तोल र गोलीसहित भारतीय नागरिक
चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत सिलगुढीका पाठकको साथमा दूईवटा खुकुरी पनि रहेको जनाइएको छ ।