मुस्ताङमा शान्तिपूर्ण र उत्साहपूर्ण मतदान सुरु
मुस्ताङमा बिहानैदेखि शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान सुरु भएको छ। मतदान केन्द्रमा मतदाताको उपस्थिती विस्तारै बढ्दै गएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।
होलीमा गाइने प्रचलित गीत ‘धमार’
जमुनाह समाचारदता जमुनाह, फागुन २० गते । ‘सिया डाले रे सिया डाले रे... सिया डाले राम गले जयमाला...
अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला मध्यमा परिक्रमा समापन
अन्तरगृह परिक्रमासँगै मिथिलाको धार्मिक पदयात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज विधिवत् रुपमा समापन भएको छ ।
सप्तरीमा होलीको रौनक, मधेशमा दुई दिन उत्सव
सप्तरीसहित तराई–मधेशका जिल्लामा होली अर्थात् फागुपूर्णिमा सोमबारदेखि सुरु भएको छ। परम्पराअनुसार फागुन शुक्ल पूर्णिमाको राति होलिकाको प्रतिमा बनाई दहन गरिन्छ र भोलिपल्ट रङ र अबिर खेलेर होली मनाइन्छ। तर यस वर्ष चन्द्रग्रहणका कारण मधेशमा दुई दिन होली मनाइँदैछ।
तराईका जिल्लामा आज होली मनाइँदै
रङहरूको पर्व होली मङ्गलबार तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
थारू बस्तीमा फगुवाको रौनक
देशभरका थारू समुदायले यस वर्ष पनि परम्परागत ढङ्गले ढुरहेरीपर्व धुमधामसाथ मनाइरहेका छन् । प्रकृति र भूमिसँग गहिरो सम्बन्ध राख्ने थारू समुदायका लागि ढुरहेरी उत्सवको पर्व मात्र नभई सांस्कृतिक प्रतीकसमेत हो ।
अमेरिकामा होली
नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिबार अपराह्न होलीपर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ । उपस्थित मानिसले आपसमा रङको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रङले रङ्ग्याइदिनुका साथै हाँसखेल र नाचगानसमेत गरेका थिए ।
एकजुट भएर मनाइयो होली
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामसाथ मनाइएको छ । चुनावी माहोललाई पर राखेर सबै जना रङको पर्वमा रमाएका थिए । सुन्धारादेखि वसन्तपुरको डबलीसम्म होलीको रमझममा विशेष गरी युवापुस्ता र पर्यटक रमाएका थिए । होलीलाई लक्षित गरी अस्ट्रेलियादेखि नेपाल आएका विदेशी पर्यटक एड्रिन भन्नुहुन्छ, “होली खेल्न नेपाली साथीसँग १५ दिनका लागि यहाँ आएको हुँ ।” उहाँलाई रङसँग खेल्न मन पर्ने भएकाले होली मनाउन नेपाल आएको बताउनुभयो ।
नेपालीसँगै रङ्गिए पर्यटक
रङहरूको पर्व फागु अर्थात् होली काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लाससाथ मनाइएको छ । आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले पनि रङमा रमाउँदै हर्षोल्लाससाथ मनाएका छन् ।
परम्परागत धुनसँगै भक्तपुरमा फागु (फोटो फिचर)
भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय हाेली मनाएर रमाएका हुन् ।
होलीमा गुञ्जिरहेका छन् पुरानै गीत
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी
डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन्।
होलीको रङमा रमाए पर्यटक
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व सोमबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।
मोरिसभिलमा होली सम्पन्न
नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा अपराह्न होली पर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) ले शनिबार आयोजना गरेको सो पर्वमा करिब दुई सय जना उपस्थित भएको संस्थाले जनाएको छ ।
होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड
नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि उल्लासका साथ मनाउने तयारी भएको छ।
होलीले सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश दिन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा (होली) ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने उल्लेख गर्नुभएको छ ।
संस्कृतिको संरक्षणतर्फ वर्तमान पुस्ता क्रियाशील रहनुपर्छः पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा मनाइने विविध चाडपर्व, भाषा, वेशभूषा, संस्कृतिको संरक्षण गर्दै समृद्धितर्फको यात्रालाई अघि बढाउनु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ ।
मौलिकता हराउँदै बैतडीमा होलीको रौनक
बैतडीका गाउँघर तथा बजार क्षेत्रमा यतिबेला होली पर्वको उल्लास छाएको छ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ।
होलीले आपसी सद्भाव कायम गर्छः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फागुपूर्णिमा (होली) पर्वले आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
हाम्रो संस्कृति संसारकै अनुकरणीयः राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताउनुभएको छ ।
होली सद्भाव र एकताको प्रतीक : आचार्य
रङ्गहरुको पर्व फागुपूर्णिमा(होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ।
फागुपूर्णिमा होली आज
अबिरया होली तँ चाया ला ल्यासे अबिरं छंगु ख्वाः हिसि दयका बिई न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों... (अबिरको होली रिसाएको हो कि, अबिरले तिम्रो अनुहार राम्रो बनाइदिन्छु, पहिले लाज माने पनि आज नाचिदेउ) हरेक होलीमा युवापुस्तादेखि पाखा उमेर समूहमा यो गीत निकै लोक
होलीले समृद्धिको प्रेरणा दिन्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई सम्मान गर्दै मुलुकलाई शान्ति र समृद्धितर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
होलीले सद्भाव बढाओस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।