सरस्वती पूजाको अवसरमा राष्ट्रपतिद्वारा वसन्त श्रवण (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ ।
सरस्वती पूजाका लागि चिटिक्क पारिएका मूर्ति
सुनसरी जिल्लाको को इनरुवामा बिक्रीका लागि राखिएका सरस्वतीका तयारी मूर्ति ।
निर्माणाधीन ऐतिहासिक मङ्गलसेन दरबार
विगत १६ वर्षदेखि निर्माण पूरा हुन नसकेको मङ्गलसेन नगरपालिका वडा नं. ५ स्थित ऐतिहासिक मङ्गलसेन दरबार । सालको काठ सहजरुपमा उपलब्ध हुन नसक्दा दरबार निर्माणमा ढिला भएको निर्माण व्यवसायी बताउँछन् ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने
२०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनःनिर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ।
टुँडिखेलमा सोनाम ल्होछारको रमझम
माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछार आइतबार विविध सांस्कृतिक, धार्मिक विधिसहित मनाइएको छ। चन्द्रपात्रोअनुसार मनाइने यस पर्वलाई तामाङ समुदायले घरघरमा पूजापाठ र टीका, आशीर्वाद, शुभकामना साटासाट गरी मनाएका हुन्। समुदायले नयाँ वर्ष सुरु भएको अवसरमा गत वर्ष गरेको लेनदेनको हिसाब–किताब मिलानसमेत गरेर नयाँ कपडा, मीठा परिकार र आगामी वर्ष शुभ, धनधान्य होस् भन्ने कामनासहित लामा, बोन्बो र ताम्बाद्वारा पूजापाठ गरेर मनाउँछन्। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै नयाँ अन्न भित्र्याएको खुसियालीमा सबै अन्न, गेडागुडीको पिठो प्रकृति देवतालाई चढाएर मात्र खाने परम्परालाई पनि सोनाम ल्होछारको उल्लेख्य गतिविधिका रूपमा लिइन्छ।
देशका लागि राजनीतिक स्थिरता आवश्यक स् पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ।
तस्बिरमा सोनाम ल्होछार
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।
प्रदेश संरचनाप्रतिको निराशालाई बदल्ने काम गर्छौ : मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिटोभन्दा छिटो प्रदेशको नामकरण गर्नका लागि आवश्यक परामर्श र छलफल गर्ने बताउनुभएको छ।