पोखरामा विद्यालय नाटक महोत्सव
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव २०७९ आजबाट सुरु भएको छ । नाटक गैह्रापाटन पोखरामा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको छ । नाटक महोत्सवका लागि १९ नाटक छनोट भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा गण्डकी प्रदेशका सात जिल्लाका नाटक छानिएका छन् ।
शैली थिएटरमा ‘माउजङ बाबुसाहेबको कोट’
कथाकार भवानीप्रसाद गुप्ता (भवानी भिक्षु)को कथामा आधारित नाटक ‘माउजङ बाबुसाहेबको कोट’को मञ्चन सुरु भएको छ। रातोपुलस्थित शैली थिएटरमा नाटक मञ्चन भइरहेको छ। नाटक एक बिर्तावाल घरानियाँ राणा अर्थात् माउजङ बाबुसाहेबको मनोविज्ञानमा आधारित कथा हो। कथाको मुख्य पात्र बाबुसाहेबलाई कोही विशिष्ट राणाले एउटा ओभरकोट बक्सिस दिएको हुन्छ। उनी र उनको सो कोट एक–अर्काका पर्याय हुन्छन्।
विवाहको सिजनमा शृङ्गार
माघ महिना विवाहको सिजनमा सुन्दर र व्यक्तित्वमा निखार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने मेकअप (शृङ्गार) अनिवार्य हुनुपर्छ। ब्युटिपार्लर जान सबै समर्थ हुँदैनन्। हामीले घरमै बसेर पनि पार्लरको जस्तै मेकअप गर्न सकिन्छ। मेकअप अनुहार, हाइट, शारीरिक बनावटका आधारमा गरिन्छ। घरमै मेकअप गर्नका लागि शृङ्गारका सामान जुटाउनुपर्छ, जुन बजारमा सजिलै उपलब्ध हुन्छ। मेकअपका लागि चाहिने साम्रगीमा क्लिनजर, सनब्लक, मोइस्राइजर, कन्सिलर, फाउन्डेसन, पाउडर, ब्रलसर, प्यान स्टिक, स्पन्ज र पफ, आँखाका लागि आइलाइनर, गाजल, मस्कारा, आइस्याडो, ग्रिटर, फल्स ल्यासेस (परेला), आइल्यास ब्रस, ओठका लागि लिप लाइनर, लिपिस्टिक, लिप ब्रस, लिप ग्रल्स, टीका, नेल पोलिस, मेहेन्दी आदि–इत्यादि चाहिन्छ।
मण्डलामा ‘मलाई मन परेको कविता’
एपेक नेपालको आयोजनामा ‘मलाई मन परेको कविता’ शृङ्खला–२ मा २० जना अग्रज कविका चर्चित कवितामा २० जना अनुज पुस्ताका कविले प्रस्तुति दिनुभएको छ। गितारवादक अनुराग थापा र प्रसन्न हुमागाईंको बाँसुरीवादनमा कविताहरू वाचन गरिएका थिए। फरक शैलीमा आयोजित कार्यक्रममा कवि निमेष निखिलले श्यामलको कविता, अनिता न्यौपानेले राजेन्द्र शलभको कविता, रञ्जना निरौलाले स्नेह सायमीको, बाबा बस्नेतले मञ्जुलको, बाबु त्रिपाठीले वसन्त चौधरीको, विमल वैद्यले बैरागी काइँलाको, मोमिलाले तुलसी दिवसको, छविरमण
मृत्यु पनि सायद आदेश पर्खन्छ
मृत्युको रूप–आकार केही देखिन्न तर यो कहीँ–कतै छैन पनि होइन यो आउँछ समय–गणित मिलाएर तर आफ्नो इच्छाले होइन ।
छैन भने कतै म तिम्रो हृदयको अन्तपुरमा छैन
म तिम्रो नजिक, टाढा, वरिपरि, जताततै छु चुल्होमा छु, चौकामा छु वनमा छु, बुट्यानमा छु खेतमा छु, खलियानमा छु आँगनमा छु, मटानमा छु;
तारादेवीको सम्झनामा स्रष्टालाई सम्मान
स्वर किन्नरी तारादवीको पुण्य स्मृतिमा विभिन्न स्रष्टालाई सोमबार सम्मान गरिएको छ। उहाँको १७औँ स्मृतिमा तारादवी स्मृति फाउन्डेसनले कल्पना रञ्जित, यादव खरेल, माणिकरत्न स्थापितलाई नगद २५ हजारसहित सम्मान गरेको हो। कार्यक्रममा गीत/सङ्गीतलाई जीवन्त राख्न तारादवीका एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो। तारादवीको यो नेपाली शिर उचाली... बोलको गीतले कार्यक्रममा देशभक्ति छाएको थियो। त्यसपछि कालीपारि दाइ कति राम्रो..., फूलको थुङ्गा..., ए कान्छा... बोलको गीतले सङ्गीतमय भएको थियो।
एकेडेमी साझा बनाइनुपर्छ
खोटाङको खोटेहाङ गाउँपालिका स्थायी बसोबास भएका डा. विष्णु राई नेपाली साहित्यका चर्चित स्रष्टा हुनुहुन्छ। उहाँका दर्जनौँ कृति प्रकाशित भइसकेका छन्। भर्खरै उहाँको ‘खियामा ब्लु स्काई’ नामक अङ्ग्रेजी भाषामा लेखिएको कविता/गीत सार्वजनिक भएको छ। मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्नुभएका डा. राई प्राध्यापन पेसामा रहनुभएको छ। साहित्य, लेखन, अध्ययनमा धेरै नै रुचि राख्नुहुने उहाँसँग साहित्यिक गतिविधिमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानी :
भाषा, संस्कृतिको संरक्षण गर्नुपर्छ : राजदूत राजभण्डारी
विश्व मगर सङ्घ बेल्जियमद्वारा आयोजित माघेसंक्रान्ति २०२३ कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो सहरमा सम्पन्न भएको छ ।