कोरिया जान नपाउनेको विरोध
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन भएको छ । भाषा र सिप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दासमेत दक्षिण कोरिया जान नपाएकाले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखा घेराउ गरेका हुन् ।
प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : एक थोपा रगत नबगाई चुनाव गराउने लक्ष्य
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घमा मास्के
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनुभएको छ ।
श्रम गर्न जानेको सङ्ख्या बढाउन दक्षिण कोरिया तयार
कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क ताए योङ्गले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति पौडेल दोहाबाट स्वदेश प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गर्नुभएको छ ।
मलेसियालाई पठाइयो कूटनीतिक नोट
परराष्ट्र मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मलेसियाको परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाइसकेको जनाएको छ । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारले नेपालसहितका देशमा रहेका वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने आशयसहितको कूटनीतिक नोट पठाएको हो ।
राष्ट्रपतिद्वारा कतारका सङ्ग्रहालयको अवलोकन
कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यहाँस्थित क़तार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्रहालयको अवलोकन गर्नुभएको छ ।
दोहामा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल
संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रको आयोजना गरिएको छ ।
आज विश्व सुनामी सचेतना दिवस
‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ ।
दिगो विकास र समृद्धि लोकतन्त्रका आधार स्तम्भ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताउनु भएको छ ।
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरुसँग जानकारी लिनु भएको छ।
युवाको आकाङ्क्षा पूरा गर्न हामी प्रतिबद्ध छौं : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबिच शिष्टाचार भेटवार्ता
कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत उदो युगेन भोल्जले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
नेपाली भाषाको उत्थानका लागि विदेशी भूमिमा लोभलाग्दो सक्रियता
विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यको क्षेत्रमा साधनरत साहित्यकार, लेखक तथा श्रष्टाहरुले नेपाली भाषा र साहित्यको उत्थानका लागि हातेमालो गरेर काम गर्न आग्रह गरेका छन् ।
मलेशियामा पुनः एकाधिकारको प्रयास : नेपाली श्रमिकका हितमा चुनौती
मलेशिया नेपाली श्रमिकका लागि अझै पनि आकर्षक रोजगारी गन्तव्यका रूपमा परिचित छ । हाल करिब पाँच लाख नेपाली मलेशियामा विभिन्न क्षेत्रका काममा संलग्न छन् ।
भिजिट भिसामा प्रस्थान गर्नेका लागि सहज प्रावधान
भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलाप नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्न हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधान खारेज गरिएको छ ।
मलेसियाको १० बुँदे मापदण्ड प्रस्ताव मात्रै : द्विपक्षीय वार्ताबाट नेपाली श्रमिकको हित सुनिश्चित गरिने
मलेसियाले पठाएको नयाँ १० बुँदे मापदण्ड प्रस्ताव मात्र भएकाले त्यसलाई अन्तिम निर्णयका रूपमा नलिएर द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको हित सुनिश्चित गरिने भएको छ ।
आज विश्व सहरीकरण दिवस
सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ ।
जापानको बाल कोषको चार करोड ५९ लाखको शैक्षिक सहयोग सम्झौता
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यका साथ चार करोड ५९ लाख ५४ हजार ९२७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने भएको छ ।
वैदेशिक रोजगारः मलेसियाले तोकेको मापदण्डको असर अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिनुभएको छ।
मलेसियामा श्रमिक पठाउन दस सर्त
मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ १० सर्त अगाडि सारेको छ । मलेसियाले नेपालसहित श्रमिक स्रोत देश बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि त्यस्तो सर्त ल्याएको हो ।
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।