उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूतको भेट
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गर्नुभएको छ ।
दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई वर्षे प्रावधान हटाएको छ ।
जापानको स्वागत समारोहमा उपराष्ट्रपति पुन सहभागी
उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको ६३ औं शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो ।
कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल सहभागी
कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा आज (बुधबार)देखि मार्च १९ सम्म हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो ।
राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी चिनफिङले बधाई दिनुभएको छ ।
हजार किलोमिटर हिँडेर दुई सय कोरियाली लुम्बिनीमा
दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर मंगलबार लुम्बिनी आइपुगेका छन्।
राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज (मङ्गलबार) औपचारिक पत्रमार्फत उहाँलाई बधाइ ज्ञापन गर्नुभएको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।
चीनले विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हटायाे
चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि (बुधबार)देखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।
‘वैदेशिक लगानीकर्ताको समस्या समाधान गर्न एकल बिन्दु सेवा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।