भारतीय सेनाध्यक्ष पाण्डेद्वारा सैन्य सामग्री हस्तान्तरण
पाँच दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
भारतीय सेनाध्यक्ष र प्रधान सेनापतिबीच भेटवार्ता
भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो ।
भारत पाँचौँ ठूलो अर्थतन्त्र
भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।
भारतीय सेनाध्यक्ष पाँडे आज नेपाल आउनुहुँदै
भारतीय सेनाध्यक्ष जनरल मनोज पाँडे आज (आइतबार) नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाध्यक्ष पाँडे आज अपराह्न नेपाल आउन लाग्नुभएको हो ।
अमेरिकामा नेता गिरीको सम्झना : उहाँ लालचबिनाको नेता
यहाँ रहेका कांग्रेसजनले आफ्ना दिवंगत नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदिप गिरीको स्मृतिमा एक शोक सभाको आयोजना गरी उहाँको स्मरण गरेका छन्।
भारतीय सेना प्रमुख पाण्डे नेपाल आउनुहुँदै
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल आउनुहुने भएको छ ।
बालेनको कार्यको अमेरिकामा प्रशंसा
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।
भारतका गृहमन्त्री शाहसँग डा. शर्माको भेटवार्ता
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आइतबार भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
एनआरएनएमा एक देश एक परियोजना समिति गठन
गैरआवासिय नेपाली संघले एक देश एक परियोजना उपसमिति गठन गरेको छ । संघले आईसिसिका सचिव शंकर खड्काको संयोजकत्वका गठित समितिलाई पुर्णता दिइएको हो ।