भारतीय विदेशसचिव क्वात्रा काठमाडौंमा
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आउनुभएको छ । दुईदिने नेपाल भ्रमणमा उहाँ आज (सोमबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुग्नुभएको हो ।
दूतावासमा हेल्प डेस्क राख्ने निर्णय
सरकारले विदेशमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि श्रम मन्त्रालयले हेल्प डेस्क राख्ने निर्णय गरेको जनाएको छ ।
सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राख्ने सरकारको निर्णय
नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज (शुक्रबार) भेट गर्नुभएको छ ।
भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउनुहुँदै
परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण गर्नुहुने भएको छ ।
प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत र सोङबीच भेटवार्ता भएको हो ।
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज (बिहीबार) मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ ।
टर्कीका भूकम्प पीडितलाई नेपालको सहयोग
टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् ।
उपप्रधानमन्त्री र युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेटवार्ता
उपप्रधान एवम् ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।