ईपीएस कृषिको भाषा परीक्षा सुरु
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । माघ १८ गतेदेखि सुरु भएको यो परीक्षा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि सो परीक्षा लिइएको हो ।
चिसोले कठ्याङ्ग्रिएकालाई न्यानो कपडा वितरण
हिमपातपछि टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा बढेको चिसोका कारण आकासे पुल मुनि कठ्याङ्ग्रिएर बस्न बाध्य भएका ५९ वर्षीय रोवर्टले मङ्गलबार न्यानो कपडा प्राप्त गरेपछि खुसीको कुनै सीमा नै थिएन । यसरी न्यानो कपडा उपलब्ध गराउने अरु नभएर नेपाली मूलका व्यक्ति थिए । पाँचथरको विकट बस्ती यासोकबाट ३५ वर्ष अघि अध्ययनका क्रममा अमेरिका आएका देवीडेभिड आचार्यले न्यानो कपडा उपलब्ध गराएका हुन । आचार्य एचडिएनपी इन्टरनेशनलका प्रमुखका हैसियतले रोवर्टलाई न्यानो कपडा उपलब्ध गराएका थिए । यसरी रोवर्टले न्यानो कपडा पाउनासाथ भनेका थिए गड व्लेस यु (भगवानले तपाईलाई आशिर्वाद दिनु हुन्छ) ।
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गर्नुभएको छ ।
अमेरिकी सरकारको सहायता प्रदान गर्ने नीतिको प्रशंसा
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नु भयो ।
उपप्रधानमन्त्री पौडेल र युएसएआईडी प्रमुख सामन्थाबीच भेट
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
टर्किए भूकम्पमा नेपाली सुरक्षित
टर्किए र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो सङ्कटको घडीमा नेपाल सरकार टर्किए र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको छ।
युएसएआईडीका प्रमुख समान्था नेपालमा
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) की प्रमुख (प्रशासक) समान्था पावर दुई दिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ।
टर्की भूकम्पमा पाँच हजारभन्दा बढीको मृत्यु
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म पाँच हजारभन्दा बढीको मृत्यु भएको छ ।
नेपाल–जापानबीचको राजनीतिक विश्लेषण
जापान र नेपालको राजनीति र विकासबारे विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) तथा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को संयुक्त आयोजनामा सोमबार आयोजित गोष्ठीमा दुई देशको राजनीतिक परिवर्तन र आर्थिक वृद्धिको प्रवृत्तिगत विश्लेषण विज्ञहरूले गर्नुभयो।