नेजाको अधिवेशन ह्युस्टनमा हुने
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को आठौं अधिवेशन तथा १६औँ साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ । सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले सङ्घको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको हो ।
नेपालका इन्द्र बक्सिङको क्वार्टरफाइनलमा
नेपालका इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच भेट
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
कोरिया जाने श्रमिकको हवाई भाडा घट्यो
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि हवाई भाडा घटाइएको छ । कोरियन एयरलाइन्स र नेपाल सरकारबीच भएको समझदारीअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली श्रमिकको हवाई भाडा घटेको हो ।
मलेसियामा दुई जना अलपत्र
लहानको मिथिला म्यानपावरबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका दुई जना युवा काम नपाएर त्यहाँ अलपत्र परेका छन्। लहान नगरपालिका–१ का गायत्री रामका छोरा विष्णु राम र सखुवानन्कारकट्टी गाउँपालिका–३ का झरिलाल यादवका छोरा श्यामसुन्दर यादव अलपत्र परेका हुन। आल्मुनियम कम्पनीमा मोबाइल मर्मतको काम भनेर दुवै जनासँग जनही तीन/तीन लाख रुपियाँ लिएर कात्तिक महिनाको अन्तिम साता मलेसिया पठाइएको थियो।
शान्ति कायम गर्न शान्ति सम्मेलन हुने
यही महिनाको ११ गते अर्थात् जनवरी २५ का दिन बुधबार शान्ति स्थापना कायम गर्न पहिलो राष्ट्रिय सम्मेलन हुनेभएको छ । सम्मेलन फिलिपिन्सको इन्टरनेशनल कन्भेन्सन सेन्टर (पीआइसीसी) मा तय भएको आयोजक संस्था हेभेन्ली कल्चर वर्ल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले जनाएको छ ।
अमेरिकाबाट आएका राजनले घरको खुसी देख्नै पाउनु भएन
पोखरामा भएको विमान दुर्घटनामा परी हालसम्म चार दम्पतीको निधन भएको पुष्टि भएको छ ।
भण्डारीद्वारा अमेरिकी संसदमा शपथ ग्रहण
अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय हासिल गर्नुभएका नेपालीमुलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गर्नुभएको छ ।
नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।