करिब ७.८ म्याग्निच्युडका तीनवटा भूकम्प, १३ सय बढीकाे मृत्यु
टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
भूकम्पमा परी पाँच सयभन्दा बढीको मृत्यु
दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु दुवै देशहरूमा गरी पाँच सयभन्दा बढी पुगेको बीबीसीले उल्लेख गरेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।
सिरिया र टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प, २३० भन्दा बढीको मृत्यु
दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गैरकानुनी रूपमा रकम नतिर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेसँग केही संस्थाले पैसा लिएको गुनासो आउने क्रम बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको हो ।
आप्रवासी नेपालीद्वारा स्वतन्त्र आयोगको माग
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत हुनुभएको छ। विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको हो।
सार्कलाई चलायमान बनाउनेबारे छलफल : परराष्ट्रमन्त्री पौड्याल
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज (आइतबार) स्वदेश फर्कनुभएको छ
वैदेशिक रोजगारीमा ठगी भए तत्काल कारबाही हुन्छ : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ।
यूएईमा नेपालीलाई ८२ करोडको चिट्ठा
सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काट्नुभएको थियो ।
परराष्ट्र मन्त्री पौड्याल र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेट
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलङ्काका ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो ।