मापसे गरी स्कूल बस चलाउने नौ चालकलाई कारबाही
आठ दिनमा नियम विपरित स्कुल बस चलाउने नौ जना चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरी सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएर विहानैदेखि गाडी चलाउने स्कुल बसका आठ जना चालकहरु कारबाही परेका हुन् ।
शिक्षामा काठमाडौं विश्वविद्यालयको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
पाँच दिन विद्यालय बन्द
दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीमा अज्ञात रोग देखिएपछि पाँच दिनका लागि पठनपाठन बन्द गरिएको छ । साउन १२ गते बसेको शिक्षक तथा कर्मचारीको बैठकले पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्नेछ।
एसईईमा जिपिए चार ल्याउने गुल्मीकै एक्लो आशिष
सामुदायिक विद्यालयबाट जिपिए चार ल्याउने गुल्मी जिल्लामै एक्लो आशिष बस्नेत बन्नुभएको छ । रेसुङ्गा माध्यमिक विद्यालयमा अध्यनरत बस्नेतले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउनु भएको छ ।
एसईईको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । साउन २७ गतेसम्म निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने गरी बोर्ड शुक्रबार सूचना जारी गरेको छ ।
बिरानो बन्दै नेपाली भाषा
बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ।
निजी विद्यालयको स्थलगत अनुगमन
निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो ।
३० औं पटकमा एसईई उत्तीर्ण
कैलालीका ५३ वर्षीय भागिराम चौधरीले ३० औं पटकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुनुभएको छ।
६२ वर्षमा एसईई उत्तीर्ण गरेपछि खुसीले दंग
बेनीमा सञ्चालन भएको उज्यालो वैकल्पिक विद्यालयबाट एसर्ईई परिक्षामा सहभागि हुनुभएको ६२ वर्षीया रेणु मल्लले बुधवार सार्वजनिक भएको परिक्षाको नतिजामा १.८५ जिपिए ल्याएर पास हुनुभयो ।
रुपन्देहीबाट ५ जना विद्यार्थीले ल्याए जीपीए चार
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जीपीए चार ल्याएका छन् ।
स्तर बढाउन पुरानै निर्देशिका
वि.सं. २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को खस्कने नतिजा ढाक्न लेटर ग्रेडिङ निर्देशिका रातारात संशोधन गरिएको छ । मङ्गलबारसम्म नयाँ निर्देशिकाअनुसार नजिता सार्वजनिक गर्ने सम्पूर्ण तयारी रहे पनि बुधबार भने त्यसभन्दा पछि सरेर नतिजा सार्वजनिक गरिएको हो । बुधबार नतिजा सार्वजनिक गर्ने तयारीबारे जानकारी दिन परीक्षा नियन्त्रण कार्यालयले मङ्गलबार अपराह्न बोर्ड बैठक बोलाएको थियो । बोर्ड बैठकमा परीक्षा नियन्त्रण कार्यालयका सम्बद्ध पदाधिकारीले निर्देशिकाको नयाँ प्रावधानअनुसार मूल्याङ्कन गर्दा लाजमर्दाे नतिजा आउने धारणा प्रस्तुत गरेका थिए ।
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।
एसईईमा जीपीए चार ल्याउने साढे नौ हजार, यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक गर्दैछ।
‘कोभिडको असरले खस्कियो एसईई नतिजा’
यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा विद्यार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ।
जीपीए ३ दशमलव ६ देखि चार ल्याउने छात्राको सङ्ख्या चार हजार बढी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने छात्राको सङ्ख्या चार हजार ३५२ रहेकाे छ ।
एसईई : कुन प्रदेशको नतिजा कस्तो ?
काठमाडौं,साउन ११ गते। राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा बुधबार सार्वजनिक भएको छ। एसईईमा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ।चार लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी रहेको परीक्षा बोर्डले जनाएको छ। कोभिड १९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले परीक्षा दिएका थिए।परीक्षामा २२ हजार ६४० जना अनुपस्थित भएको देखिएको छ। जुन कुल सहभागीको ४ दशमलव ५७ प्रतिशत हो। परीक्षा बोर्डले आठ वटा ग्रेड विभाजन गरेर नतिजा प्रकाशन गरेको छ। कुन प्रदेशमा कति उत्तीर्ण ?सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो। त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.०४ प्रतिशत हो। चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो। छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।
विधेयक पारित भएपछि दीप प्रज्वलन
योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक संसदबाट पास भएपछि सङ्खुवासभामा दिप प्रज्वलन गरिएको छ । मंगलबार प्रतिनिधी सभाबाट विधेयक पास भएपछि सदरमुकाम खाँदबारीको पोखरी पार्कमा जिल्लाबासीले दिप प्रज्वलन गरी खुसीयाली मनाएका हुन् ।
एसईईको नतिजा आज, नतिजा यसरी हेर्न सकिन्छ
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित
प्रतिनिधि सभाले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गरेको छ। राष्ट्रिय सभामा उत्पति भएको विधेयकको दफावार छलफलसमेत सदनमै गरेर विधेयक पारित गरिएको हो। अब विधेयक पारितको सन्देश राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेमा प्रमाणीकरणको प्रक्रिया प्रारम्भ हुनेछ।
सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना
काठमाडौं, साउन १० गते। परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ।मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो। रौतहट मलोहिया–५ का राजीव दासले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्साशास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो ? यससम्बन्धी व्यवस्था कस्तो छ ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो।सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त कार्यालयसँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दासले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नुभएको थियो।पुनरावेदन दर्तापछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीका बारेमा सजग गराइएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराइ संविधानप्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको निर्णय गरेको हो।सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले जानकारी दिनुभयो।आयोगले गरेको जरिवाना फैसला कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भन्दै जिल्ला प्रशासन कार्यालयलाई पठाउने आदेश दिएको छ। साथै पुनरावेदकले मागेको सूचना उपलब्ध गराउनु, परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिनु भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखी पठाउने आदेश पनि आयोगले दिएको छ। आयोगकोे निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश जारी गरिएको गुरुङले बताउनुभयो। रासस
विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकलाई शिक्षामन्त्री पौडेलकाे आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकहरुलाई आग्रह गर्नुभएको छ । मङ्गलबार सिंहदरबारमा प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो ।
पहिलो रोजाइमा सामुदायिक विद्यालय
केही समयअघिसम्म सुनवल बजारमा बच्चालाई अङ्ग्रेजी भाषाको शिक्षा दिन महँगो शुल्क तिरेर बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्ने बाध्यता भएकोमा अब त्यो अवस्था फेरिएको छ। सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयले पनि न्यून शुल्कमा सुविधा सम्पन्न कक्षाकोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका छन्। अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा सामुदायिक विद्यालय नै पर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षदेखि एसीसहितको सुविधा सम्पन्न भवन र गुणस्तरीय शिक्षाको व्यवस्था गरेको छ।
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो ।