एसईईमा जीपीए चार ल्याउने साढे नौ हजार, यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक गर्दैछ।
‘कोभिडको असरले खस्कियो एसईई नतिजा’
यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार बढी परीक्षामा विद्यार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षाफल अनुसार २२ हजार ६४० जनाले परीक्षा नै नदिएको देखिएको छ।
जीपीए ३ दशमलव ६ देखि चार ल्याउने छात्राको सङ्ख्या चार हजार बढी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने छात्राको सङ्ख्या चार हजार ३५२ रहेकाे छ ।
एसईई : कुन प्रदेशको नतिजा कस्तो ?
काठमाडौं,साउन ११ गते। राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा बुधबार सार्वजनिक भएको छ। एसईईमा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ।चार लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी रहेको परीक्षा बोर्डले जनाएको छ। कोभिड १९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले परीक्षा दिएका थिए।परीक्षामा २२ हजार ६४० जना अनुपस्थित भएको देखिएको छ। जुन कुल सहभागीको ४ दशमलव ५७ प्रतिशत हो। परीक्षा बोर्डले आठ वटा ग्रेड विभाजन गरेर नतिजा प्रकाशन गरेको छ। कुन प्रदेशमा कति उत्तीर्ण ?सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो। त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.०४ प्रतिशत हो। चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो। छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।
विधेयक पारित भएपछि दीप प्रज्वलन
योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना सम्बन्धि विधेयक संसदबाट पास भएपछि सङ्खुवासभामा दिप प्रज्वलन गरिएको छ । मंगलबार प्रतिनिधी सभाबाट विधेयक पास भएपछि सदरमुकाम खाँदबारीको पोखरी पार्कमा जिल्लाबासीले दिप प्रज्वलन गरी खुसीयाली मनाएका हुन् ।
एसईईको नतिजा आज, नतिजा यसरी हेर्न सकिन्छ
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ ।
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित
प्रतिनिधि सभाले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गरेको छ। राष्ट्रिय सभामा उत्पति भएको विधेयकको दफावार छलफलसमेत सदनमै गरेर विधेयक पारित गरिएको हो। अब विधेयक पारितको सन्देश राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेमा प्रमाणीकरणको प्रक्रिया प्रारम्भ हुनेछ।
सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना
काठमाडौं, साउन १० गते। परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ।मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको हो। रौतहट मलोहिया–५ का राजीव दासले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्साशास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो ? यससम्बन्धी व्यवस्था कस्तो छ ? लगायतको सूचनाको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो।सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त कार्यालयसँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दासले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नुभएको थियो।पुनरावेदन दर्तापछि कार्यालय प्रमुख जोशीलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीका बारेमा सजग गराइएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराइ संविधानप्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको निर्णय गरेको हो।सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले जानकारी दिनुभयो।आयोगले गरेको जरिवाना फैसला कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६ (७) बमोजिम जरिवाना असुलउपर गरी आयोगलाई जानकारी दिनु भन्दै जिल्ला प्रशासन कार्यालयलाई पठाउने आदेश दिएको छ। साथै पुनरावेदकले मागेको सूचना उपलब्ध गराउनु, परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिनु भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखी पठाउने आदेश पनि आयोगले दिएको छ। आयोगकोे निर्णयउपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिक जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जानु भन्दै आदेश जारी गरिएको गुरुङले बताउनुभयो। रासस
विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकलाई शिक्षामन्त्री पौडेलकाे आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न प्रध्यापकहरुलाई आग्रह गर्नुभएको छ । मङ्गलबार सिंहदरबारमा प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो ।