वातावरणीय विकासमा द्वन्द्व, बालबालिका जोखिममा
सशस्त्र द्वन्द्वको अन्त्य भएको लामो समय भएपनि समाजमा वातावरणीय र विकासका द्वन्द्वहरु कायम रहेकाले बालबालिका र विद्यालय अझैपनि जोखिममा रहेका छन् ।
विश्वविद्यालयका उपकुलपतिको राजीनामा स्वीकृत
नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा : ऐन आएको छ वर्षमा कार्ययोजना बन्दै
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मसौदालाई पूर्णता दिन मन्त्रालयले सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको छ । कार्ययोजनामा सङ्घ, प्रदेश र स्थानीय तहसँगको साझेदारीमा बालबालिकामा विद्यालय शिक्षाको सहज पहुँच विस्तारका लागि विभिन्न व्रिmयाकलाप गरिने उल्लेख छ ।
सर्वोत्कृष्टलाई प्रमाणपत्र थमाइँदै
राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ ।
शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताउनुभएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उहाँले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।
शीर्षक के हो
अफिसबाट थाकेर आएका भीमबहादुरले सुनितालाई भने, “पैसा जोगाउनै सकिएन । तलबले धान्न गाह्रो पो भयो त । भोलि एक दिन कत्ति पनि पैसा खर्च गर्दिन है । मसँग नमाग्नू ।” श्रीमान्ले भनेको कुरा सुनेपछि सुनिता छक्क परिन् । आँपको मौसम छ । छोराछोरी आँप भनेपछि हुरुक्कै हुन्छन् । आँप किन्न त रकम चाहियो । भीमबहादुरको कुरा सुनेर सुनिता झ
एसइई नतिजामा अङ्क चढाउँदा धेरै त्रुटि
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेग गरेका विद्यार्थीको नतिजाबाट यस्तो देखिएको हो । पुनर्योगका लागि दिएकाहरूको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
‘अनुत्तीर्ण विद्यार्थीको शुल्क फिर्ता हुन्छ’
विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरूको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ।
बखती कार्यकारी निर्देशकमा नियुक्त
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्राविधिक शिक्षाका विज्ञ रमेशकुमार बखती नियुक्त हुनुभएको छ ।
नगरपालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति
नवलपुरको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलन
रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ ।
स्नातक प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना
गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिदिने भएको छ । यस जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले निःशुल्क भर्ना गरिदिने भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ
विभिन्न विज्ञहरुद्वारा उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ भन्नेमा जोड दिनु भएको छ ।
विद्यालय शिक्षा विधेयक : जनसङ्ख्याको आधारमा विद्यालय खोल्ने अनुमति दिने व्यवस्था गर्न सांसदको जोड
प्रतिनिधिसभाका सांसदहरुले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड
प्राज्ञिक क्षेत्रका व्यक्तिहरुले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
चिट चोराउने दुई पक्राउ
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षामा बाँकेको कोहलपुर नगरपालिकामा चिट चोराउन खोज्ने दुई जना शुक्रवार पक्राउ परेका छन् ।
व्यापारमा लगानी बढे देश समृद्ध हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले व्यापारमा लगानी बढे देश समृद्धिमा जाने बताउनु भएको छ । श्री पब्लिक हाइस्कुलको ७८ औं विद्यालय स्थापना दिवस समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
दश करोड लगानीमा गण्डकी विश्वविद्यालयको भवन बन्ने
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले पोखरा महानगरपालिका वडा नम्बर ३२, मालमुलमा प्रमुख प्रशासकीय भवन बनाउँदै छ । १० करोड ९२ लाख ७१ हजार बनिरहेको तीन तले भवन २०८२ मङ्सिर २ गतेभित्र सक्नुपर्ने सम्झौता छ ।
गुणस्तरीय शिक्षाको योजना ल्याउन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गर्नुभयो ।
जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ ।
आँधीखोला गाउँपालिकाद्वारा विद्यालयलाई सामग्री प्रदान
आँधिखोला गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरू प्रदान गरेको छ ।
‘ढल्किँदो उमेरले विद्यालय जान छेकेन नवीनलाई
गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन ।
‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’
सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् ।
एसइई पूरक परीक्षामा तनहुँबाट तीन हजार बढी परीक्षार्थी सहभागी
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धिका लागि तनहुँबाट तीन हजार ५१ जना विद्यार्थी सहभागी भएका छन् । दश पालिकाका १७० विद्यालयले सो सङ्ख्यामा सहभागीको लागि फाराम भरेको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।