बालविकासका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालविकासका कर्मचारी निरञ्जना मल्लविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ ।
शैक्षिक सुधारका लागि तहगत प्रधानाध्यापक
बाँकेको खजुरा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयहरूमा तहगत प्रधानाध्यापकको नियुक्ति गरेको छ ।
सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख
नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो ।
ज्ञानलाई प्रविधिमा रूपान्तरण गर्दै विद्यार्थी
विद्यालयमा सिकेको ज्ञान प्रविधिमा रूपान्तरण गर्दा रुपन्देहीको सैनामैनाका विद्यार्थीले बधाईमात्र पाएका छैनन्, अझै लगनशील हुन प्रेरणा पनि बटुलेका छन्।
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।
बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
ताप्लेजुङका लागि माध्यमिक तहका शिक्षक सिफारिस
खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका २३ जना शिक्षक ताप्लेजुङका लागि सिफारिस भएका छन्। विज्ञान, गणितलगायत विषयका उक्त सङ्ख्यामा शिक्षकहरू स्थायी नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भएका हुन्।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत स्थापना गरेर सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले आफ्ना पहिलो वर्षका पहिलो ब्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।
राज्यमन्त्री सिर्पालीद्वारा विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सुस्त मनस्थितिका विद्यार्थी अध्ययनरत विद्यालयलाई वासिङ मेसिन हस्तान्तरण गर्नुभएको छ ।