त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो ।
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी
बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यवस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।
स्थापनाका ७५ वर्षः विद्यार्थीको रोजाइ बन्दै
अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनि विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । वि.सं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केहीवर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणका बढिरहेको छ ।
विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने किशोरीलाई एक लाख
सिन्धुली जिल्लाको मरिण गाउँपालिकाले यो वर्ष विवाह अघि स्नातक तहको पढाई पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने भएको छ ।
त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् ।
रित्तिने अवस्थामा त्रिवि विभाग
पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिविवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेख्नुभयो, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने !”
श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने
श्रीलङ्काले जलवायु परिवर्तन विश्वविद्यालय स्थापना गर्ने भएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२३ को संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप२८) मा विभिन्न तीन वटा प्रस्ताव प्रस्तुत गर्नुहुने सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ ।
कक्षा दुई र चारमा एक/एक जनामात्रै विद्यार्थी
खोटाङको एक सामुदायिक विद्यालयका दुई वटा कक्षामा एक/एक जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा दुई र चारमा एक/एक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् ।
बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।