बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । जिल्लाका आठमध्ये चार पालिकाका विभिन्न विद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो ।
माथिल्ला कक्षामा विद्यार्थीको सिकाइस्तर कमजोर
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ ।
श्री ५ लेखेको शिलालेख हटाइयो
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उदघाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिककाे शिलालेख हटाइएको छ ।
अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै
कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत अध्यापन अनुमतिपत्र बिनाका शिक्षकले अध्यापन गराइरहेका छन् । नगर प्रमुख धर्मराज शाहीको जोडबलमा नियुक्त भएका अध्यापन अनुमतिपत्र बिनाका शिक्षक अध्यापन जारी राखेका हुन् ।
‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी
जैविक विविधतामा ताप्लेजुङ एक दुर्लभ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा वासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
कार्बन उत्सर्जनले अविकसित र अल्पविकासशील मुलुक जोखिममा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको साझा समस्याका रूपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याएको बताउनुभएको छ ।
त्रिवि पुस्तकालय २४ सै घण्टा सञ्चालन
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४ सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।
शिक्षकले पाँच महिनादेखि तलब नपाएपछि विद्यालय बन्द, पाँच हजार विद्यार्थी मारमा
सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । आर्थिक वर्ष २०८०-०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन् ।
विद्यालयमा व्यावसायिक सीप सिक्दै विद्यार्थी
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सवै विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन थालिएको छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको हो ।