प्रधानमन्त्रीद्वारा उत्कृष्ट शैक्षिक पुरस्कार प्रदान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउथवेस्टर्न स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीलाई ‘आउट स्ट्याण्डिङ एजुकेशन अवार्ड प्रदान गर्नुभएको छ ।
उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्नुहुन्छ ।
‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’मा डा.पन्त चयन
विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.हेमराज पन्त चयन हुनुभएको छ ।
उच्च शिक्षा योग्यता प्रारूप तयार गरिँदै
सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पनि त्यसमा उच्च शिक्षाका सन्दर्भमा कतिपय विषयमा स्पष्ट व्याख्या गरेको छैन । ती विषयलाई स्पष्ट र व्याख्या गर्न उच्च शिक्षामा पनि योग्यता प्रारूप तयार गर्न लागिएको हो ।
मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन
मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ ।
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक
बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि ९पुरक० परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ ।
२७ विद्यालयलाई बस खरिदमा अनुदान
बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ ।
प्रादेशिक विश्वविद्यालय : आवेदन दिने समयसँगै विषय थप गरियो
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिने म्याद पुनः थप गरेको छ ।
दलीय भागबन्डाले थलिए विश्वविद्यालय
‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राजनीति गर्ने थलोका रूपमा विकास हुन पुगेका छन् ।