नवलपुरका सबै क्याम्पसको चुनाव स्थगित, विद्यार्थी आन्दोलित
जिल्लाका सबै क्याम्पसमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण चुनाव गराउन नसकिएकाले स्थगित गरिएको नेपाल पब्लिक क्याम्पस संघ, नवलपुरले जनाएको छ ।
बाजुरामा एसइई परीक्षा दिनेको सङ्ख्या बढ्यो
बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुई हजार ८३४ र ग्रेड वृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ गरी दुई हजार ९३३ जना विद्यार्थीहरुले एसइई परीक्षा दिएका थिए ।
वैज्ञानिक र प्रविधियुक्त शिक्षा प्रणालीबाटै मुलुकको समृद्धि
प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियुको सर्वसम्मत नेतृत्व
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिलकुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
मधेशबाट ८८ हजार ८५८ विद्यार्थीले एसइई दिने
आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका अनुसार परीक्षाका लागि ३१२ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा एक हजार २३१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
स्ववियु चुनावमा दुई विद्यार्थी सङ्गठनबिच भागबन्डा
चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सिन्धुपाल्चोकमा दुई विद्यार्थी सङ्गठनबिच भागबन्डा मिलेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार विद्यार्थी दीक्षित हुँदै
पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह मङ्गलबार हुँदै छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
हुम्लाबाट ११ सय चार जना परीक्षार्थी एसइईमा सहभागी हुँदै
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्ला जिल्लाबाट एक हजार १०४ जना विद्यार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ९५० जना र ग्रेड वृद्धितर्फ १५४ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका हुन् ।
स्ववियु निर्वाचन : गुल्मीमा अनेरास्ववियु र नेविसङ्घको तालमेल
आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा गुल्मीमा अनेरास्ववियु र नेविसङ्घले तालमेल गर्ने भएका छन् ।
एसइईमा पाँच लाख दस हजार परीक्षार्थी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो ।
बिदाइमा भावुक बने विद्यार्थी
विद्यालयको आङ्गन भावनाले भरिएको थियो । चारैतिर माला र अबिरले रङ्गिएको माहोल, आँखामा आँसु र मनभरी सम्झनाको बिसौनी बोकेर जनसहयोगी माध्यमिक विद्यालय, गौमुखी –५, खुङ्ग, प्युठानमा एसइई परीक्षार्थीको बिदाइमा अरु विद्यार्थी भावुक भएको दृश्य हो ।
एसईईका लागि बझाङमा २० परीक्षा केन्द्र
बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र निर्धारण गरेको हो ।
तेज निरला जनहित बहुमुखी क्याम्पसको सभापतिमा परियार
हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
बाँकेबाट १० हजारभन्दा बढी विद्यार्थीले एसइई दिँदै
आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ ।
महोत्तरीमा एसइई दिने परीक्षार्थीको सङ्ख्या वृद्धि
एसइई परीक्षामा महोत्तरीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या यो वर्ष (०८१) १ दशमलव ०३२ प्रतिशतको झिनो अङ्कले वृद्धि भएको छ ।
गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् ।
एट्लास टीआई अध्ययन गोष्ठी सम्पन्न
गुणात्मक अनुसन्धानका लागि उपयोगी हुने एट्लास टीआईसम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यहाँस्थित मंगल बहुमुखी क्याम्पसले विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका शिक्षक शिक्षिकालाई एट्लास टीआईसम्बन्धि प्रशिक्षण दिइएको हो ।
पर्वतमा बर्सेनी घट्दै एसइई दिने विद्यार्थी
पर्वतमा बसाइसराईले तीव्रता लिई ग्रामीण क्षेत्र रित्तिदै जाँदा एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या समेत बर्सेनी घट्दो छ । यस वर्षको एसइई परीक्षा २०८१ मा सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्ला वर्षहरु भन्दा घटेको छ ।
बैतडीमा ५३ सयभन्दा बढी परीक्षार्थी एसइईमा सहभागी हुँदै
बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ । जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट पाँच हजार तीन सयभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् ।
‘विद्यार्थी पलायन रोक्न समयानुकूल शिक्षा’
प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिनुभएको छ ।
सामुदायिक विद्यालयको पाठ्यपुस्तक आउन थाल्यो
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै आउन थालेको छ। स्थानीय पुस्तक तथा स्टेसनरी व्यावसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक जिल्लामा भित्र्याउन थालिएको हो।