शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थी नेपालगन्जतर्फ
शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् ।
मदन भण्डारी विश्वविद्यालय : विद्यार्थीलाई मासिक तिस हजार छात्रवृत्ति
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।
प्राविधिक विश्वविद्यालयको कार्यालय खजुरामा रहने
लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ ।
भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन अलपत्र
धनुषामा भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको निर्माण कार्य अधुरो हुँदा उक्त विद्यालयहरूले थप कार्यक्रम पाउन सकेका छैन ।
निजिकरणले मधेशको शिक्षा ध्वस्त भयो : मन्त्री यादव
मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिक्षालाई निजीकरण गर्ने रोगले नेपाल र मधेशको समग्र शिक्षाको गुणस्तर ध्वस्त भएको बताउनुभएको छ ।
‘ल्याप्चे होइन अब हस्ताक्षर गर्छु’
धनुषाको शहीद नगर नगरपालिका –५, पचहर्वास्थित मुसहर टोलकी ५० वर्षीया महिला उर्मिला सादा ल्याप्चे लगाउन छाडेर अचेल हस्ताक्षर गर्नुहुन्छ । तीन वर्षअघिसम्म निरक्षर रहनुभएकी उहाँ प्रौढ शिक्षा हासिल गरेपछि फरर लेखपढ पनि गर्नुहुन्छ ।
शिक्षक नहुँदा पठनपाठनमा समस्या
शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ ।
सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीः लाखौँको उपकरण माकुराको जालो
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी ९इ–हाजिरी० वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिनुभयो ।
खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्दै बुढानीलकण्ठ स्कुल, दरखास्त माग
बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्रिन्सिपलका लागि दरखास्त माग गरेको छ ।