आमाको स्मृतिमा अक्षयकोष
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा १ नवमीडाँडाकी निर्मला आङदेम्बेले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ५१ हजार १ सय ५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
केराको पातमा सेल र दुनामा खिर पाए पछि मख्ख विद्यार्थी
लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे ।
नेपालले पाकिस्तानलाई दुई करोड रुपियाँ सहायता दिने
सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ ।
संघीय शिक्षा ऐन छिट्टै नै जारी हुन्छ : शिक्षा सचिव सुवेदी
सरकारले संघीय शिक्षा ऐन छिट्टै नै जारी गर्ने भएको छ ।
विद्यालयलाई १४ थान कम्प्युटर
पाँचथरको कुम्मायक गाउँपालिका –२ घर भई हाल दक्षिण कोरियामा कार्यरत गजेन्द्र सेर्माले स्थानीय सिद्व सरस्वति माध्यमिक विद्यालय मङजावुङलाई १४ थान कम्युटर हस्तान्तरण गर्नुभएको छ ।
सङ्घीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताउनुभएको छ ।
स्वामित्वको समस्याले पुनर्निर्माण रोकियो
जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा काठमाडौँको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन बेवारिसे बनेको छ। २०७२ सालको भूकम्पले नेसंविको पुरानो भवनलाई निकै क्षति पु-याएको थियो। २०४३ सालमा नेसंवि स्थापना भएपछि उक्त भवन र जग्गा भोगचलन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपलब्ध गराएको थियो। त्रिविले भोगचलन गर्न दिए पनि नेसंविमा नामसारी भएको छैन।
विद्यार्थीको आकर्षण केन्द्र बन्दै आदिकवि भानुभक्त क्याम्पस
नहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।
सामुदायिक विद्यालय सुधारको काम सुरु भएको छ : मन्त्री पौडेल
शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय तहको ठूलो भूमिका हुने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय तहको समन्वय भएका बिद्यालय नमूना बनेको बताउनुभएको हो ।
मधेश विश्वविद्यालयको उदघाटन
मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालयको स्थापना गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा बिहीबार उदघाटन गर्नुभएको हो ।
लिमीका दुई विद्यालयमा तिब्बेतीयन भाषा पढाई
चीनसँगको सिमाना रहेको नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीका दुुई सामुदायिक विद्यालयमा तिब्बतीयन भाषा अध्ययन गराइँदै आएको छ । स्थानीयलाई उक्त भाषाको आबश्यकता भएपछि नीजि स्रोतमा शिक्षकको ब्यवस्था गरी पढाउने व्यवस्था गरिएको हो ।
चार महिना बित्दासमेत विद्यार्थीलाई हात लागेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दासमेत धनकुटामा रहेका सामुदायीक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिकसत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।
१६ जिल्लामा भएन साक्षरता घोषणा
मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।
मधेस विश्वविद्यालयको कक्षा सञ्चालन हुँदै
मधेश विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने भएको छ । मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्यले मधेश विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्ने बताउनुभयो ।
करोडौँको बहुप्राविधिक भवन प्रयोग विहीन
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वर्ष अगाडी बहु प्राविधिक धारका लागि जिल्लामा भौतिक संरचना निर्माण भए पनि पढाई भने सुरु हुन सकेको छैन । एक करोड बिस लाख खर्च गरेर भवन निर्माण भए पनि पढाइ सुरु नहुँदा राज्यको लगानी खेर गएको छ ।
शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय
पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो ।
स्तनपान कक्ष नहुँदा शिशु स्याहार प्रभावित
धनकुटाको साँगुरी गढी गाउँपालिका वडा नम्बर ७ गोल खाडी माध्यमिक विद्यालयको शिक्षिका टिकामाया राई आफ्नो १७ महिने बालक सहित विद्यालय आउनु हुन्छ । विद्यालयमा शिशु स्याहार कक्ष नभएका कारण आफ्नो बच्चा बोकेरै उहाँ बालबालिका बढाउन बाध्य हुनुहुन्छ ।
खस्कियो १२ को नतिजा
कक्षा १२ को परीक्षा दिएकामध्ये ५७ हजार ६१० जनाले यसै वर्ष स्नातक तहको अध्ययन गर्न नपाउने भएका छन्। उनीहरू ग्रेडवृद्धिसम्बन्धी परीक्षामा पनि सहभागी हुन पाउने छैनन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको यस वर्षको कक्षा १२ को नतिजाअनुसार एक लाख ८८ हजार ४२१ जनाको नतिजा अवर्गीकृत अर्थात् ननग्रेडेडमा परेको छ। गत मङ्सिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम ३५ प्रतिशत नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था छ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको जानकारी दिनुभयो ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु
राष्ट्रिय परीक्षा बोर्ड बैठक शुक्रबार दिउँसोबाट सुरु भएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको जानकारी दिनुभयो ।
विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
गुणस्तरीय शिक्षामा बेलायतको साथ
नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ। नेपाली बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि बेलायत सरकार सधैँ साथमा रहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो। झापाको मेचीनगर–१२ स्थित सहरेडागी सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वेलफेयर ट्रस्टद्वारा निर्मित भवनको उद्घाटनका लागि झापा आउनुभएकी राजदूत पोल्लिटले १२ वर्षभन्दा कम उमेर समूहका सबै बालबालिकाको पढाइको विषयमा सबै चिन्तित हुनुपर्नेमा जोड दिनुभयो।
एकैदिन ३ वटा विद्यालय भवनको उद्घाटन
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा विकास गर्ने उद्घोष गर्नुभएको छ ।