आमनिर्वाचन तोकिएकै मितिमा हुनु पर्छ
जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थिति अनुसार आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचन आयोग र सरकार आगामी निर्वाचनको तयारीमा जुटेका छन्
थपिए ६ लाख २० हजार नयाँ मतदाता
निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क सोमाबार राति ९ बजेसम्मको हो ।
निर्वाचन नै अहिलेको निकासको सही बाटो : पूर्व राष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेटवार्ता गर्नुभएको छ ।
नागरिक समाज ‘तेस्रो शक्ति’ र ‘सेतु’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्न सरकारले ठोस पहल अघि बढाइरहेको बताउँदै नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।
बायोमेट्रिक दिन नपरेपछि कार्यालयमा भीडभाड कम
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि पाँच दिन म्याद थप भएको छ ।
प्रधानमन्त्री कार्की नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समुचित वातावरण निर्माण गर्ने उद्देश्यले नागरिक समाजका अगुवा तथा प्रतिनिधिसँग अन्तर्क्रियामा सुरु गर्नुभएको छ।
गुल्मीमा थपिए पच्चीस सय सत्तरी नयाँ मतदाता
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पच्चीस सय सत्तरी जना नयाँ मतदाताले नाम दर्ता गराउनुभएको छ।
लुम्बिनी प्रदेशमा थपिए ४५ हजारभन्दा बढी नयाँ मतदाता
लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ जिल्लामा असोजको १२ गतेदेखि हालसम्म ४५ हजार चार सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।
नयाँ दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आइतबार सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँदैछ ।
कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो
जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनुभयो ।
मतदान स्थल तथा मतदान केन्द्र थप गर्न सिफारिस
आगामी फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदान स्थल तथा मतदान केन्द्र थपका लागि जिल्ला स्तरीय समितिले सिफारिस गर्ने निर्णय गरेको छ ।
निर्वाचनका निम्ति हर सम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कर्णालीमा नयाँ थपिएका मतदातामा अधिकांश युवा
सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचनका लागि खोलेको मतदाता नामावली दर्ताको अहिले धमाधम भइरहेको । नामावली दर्ता गराएका मध्ये धेरैजसो युवा उमेर समूहका रहेको पाइएको छ ।
नयाँ मतदाता झण्डै तीन लाख थपिए : युवाको आकर्षण बढ्दो
निर्वाचन आयोग नेपाल, कान्तिपथ काठमाडौंले पछिल्लो दैनिक तथा समग्र नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ। कात्तिक कात्तिक २८ गतेसम्म दुई लाख ८१ हजार १२९ जना थपिएका छन् ।
प्रचण्डको नयाँ दल ‘नेपाली कम्युनिष्ट पार्टी’ ले पायो प्रमाणपत्र
निर्वाचन आयोग नेपालले आज नयाँ गठित नेपाली कम्युनिष्ट पार्टीलाई आधिकारिक दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता
निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
गुल्मीमा मतदाताको सहजताका लागि तीन मतदान स्थल थप गर्न सिफारिस
गुल्मीमा मतदाताहरुको सहजताका लागि तीन मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले थप गर्न आवश्यक जिल्लाका मतदान स्थलको अनुगमन गरिसकेको छ ।
पश्चिम नवलपरासीमा निर्वाचनको तयारी : १२ मतदानस्थल ‘अति संवेदनशील’
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै पश्चिम नवलपरासीमा निर्वाचनको तयारी र मतदानस्थल निर्धारण कार्यलाई अगाडि बढाइएको छ ।
म्याग्दीका ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि म्याग्दी जिल्लामा ८२ स्थानमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ ।
मतदाता नामावली र राष्ट्रिय परिचय प्रणाली जोडिँदै
निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीचको अन्तरआवद्धता गर्ने सेवा सुरु गरेको छ।
अन्तरनिर्वाचन क्षेत्र र विदेशबाट मतदानको सम्भाव्यतामा छलफल
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्थाबारे सम्भाव्यताको विषयमा आज सिंहदरबारमा विस्तृत छलफल गर्नुभएको छ।
देशको शान्ति–सुरक्षा सामान्य, निर्वाचन तयारी तीव्र : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किएको र आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले सम्पूर्ण तयारी अगाडि बढाएको बताउनु भएकाे छ ।