सर्वपक्षीय सहयोगबाट निर्वाचन सफल
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सर्वपक्षीय सहयोगका कारण गत मंसिर ४ गते सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताउनुभएको छ ।
एउटै पालिकाबाट ६ जना प्रदेश सांसद
महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ ।
उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिनुभएको छ ।
राष्ट्रपति भण्डारी जलपान समारोहमा सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक हुनुभयो ।
सांसद शपथको तयारी : ज्येष्ठ सदस्यमा जबराको सम्भावना
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।
सफलतापूर्वक निर्वाचन सम्पन्न भएको अवसरमा आयोगद्वारा चियापान कार्यक्रम
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा निर्वाचन आयोगले भोलि सोमबार जलपान कार्यक्रमको आयोजना गर्नेभएको छ ।
बाँकेबाट १३ जना महिला सांसद
बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १३ जना महिलाहरू निर्वाचित हुनु भएको छ । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला निर्वाचित हुनु भएको हो भने समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर पाउनु भएको छ ।