समाज परिवर्तनको कथा ‘इन्दिरा धिमे मैंचा’
सांस्कृतिक रूपमा धनी मानिएको नेवार समुदाय भित्र रहेको एक परम्परालाई तोडिएको कथाको रूपमा प्रस्तुत भएको चलचित्र प्रदर्शनीमा आएको छ।
प्रजिअ थानीको राष्ट्रभक्ति गीत बजारमा
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको स्वर, संंगीत र अभिनय रहेको राष्ट्रभक्ति भिडियो गीत सार्वजनिक भएको छ ।
लहानमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा
लहान नगरपालिका–३ मा नौ करोडको लगानीमा सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ । लहानका प्रतिष्ठित उद्योगपति मुरारका परिवार अभिनव मुरारकाले नौ करोडको लगानीमा १३८ जनाले हेर्न सक्ने सिनेमाहल निर्माण भएको जानकारी दिनुभयो ।
घर घरको कथा ‘परान’
गाउँ, सहर र विदेश जहाँ अहिलेका युवालाई गाउँको आफ्नो पुख्र्यौली घरभन्दा पनि सहर र विदेश नै रुचिकर बन्न थालेको छ । चलचित्र ‘परान’ पनि गाउँको परिवेशमा हुर्किएको तीन छोराको आफ्नो बुवासँगको सम्बन्धमा केन्द्रित भएको कथा हो ।
हलमा दुई नयाँ चलचित्र
शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ नेपाली चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको निर्देशित चलचित्र ‘जारी–२’ करिब दुई सय सोसहित प्रदर्शनमा आएको छ ।
‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक
गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा सङ्गीत समावेश गीतलाई कमल सौरागले एरेन्ज गर्नुभएको छ । ‘सिएम डिजिटल’ मार्फत युट्युब प्रिमियर गरिएको गीतले बिछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ ।
‘पाँच पाण्डव’ घोषणा
अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।
वर्षकै सर्वाधिक कलेक्सन गर्ने चलचित्र ‘जेरी अन टप’
गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने चलचित्र बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म चलचित्रले ११ करोड ४३ लाखमाथिको कलेक्सन गरेको छ ।
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।
‘धागो’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याइएको छ । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्या र सामाजिक दुरवस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ ।
‘हर्ष’ को नयाँ पोस्टर
चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका तीन कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन बादीले निर्वाह गरेका पात्रलाई प्रस्तुत गरिएको छ । पोस्टरले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा निर्माण भएको सङ्केत गरेको छ । पोस्टरमा खगेन्द्र र वर्षा छोरासँग खुसी मुद्रामा देखिनुभएको छ ।
चरी बनि उडुँला सार्वजनिक
वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वर तथा लय र वरिष्ठ संगीत सर्जक रामहरि गुरुङको शब्द रहेको चरी बनि उडुँला बोलको गीतको अडियो तथा म्युजिक भिडियो हालै युटुबमा सार्वजनिक भएको छ।
थापाको देशभक्ति गीत ‘देश गाएर मर्छु’
गायक सुरज कुमार थापाको स्वर तथा संगीत–संयोजन रहेको देशभक्ति गीत ‘देश गाएर मर्छु’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार एवं कवि क्षेत्र प्रताप अधिकारीको रचना, वरिष्ठ संगीतकार निर्माण गुरुङले संगीत दिनुभएको छ ।
हरर चलचित्र महोत्सव सुरु
नेपालमा पहिलो पटक ‘हरर’, काल्पिनक र लोककथामा आधारित चलचित्र महोत्सव ‘काठमाडौँ हरर फिल्म फेस्ट’ सुरु भएको छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसी राजदूतावासको सहकार्यमा भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको छ ।
हलमा ‘परान’ प्रदर्शन
चलचित्र ’परान’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु) को पहिलो निर्देशकीय चलचित्रले भावनात्मक पारिवारिक कथा बोकेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा देखिनुभएको छ । शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
‘परान’ आजदेखि प्रदर्शनमा
नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ ।
सङ्घर्षको कथा ‘वरिष्ठ बलराम’
नेपाली चलचित्रमा रङ्गमञ्चका कलाकारको बाहुल्य देखिन थालेको छ । त्यसमाथि रङ्गमञ्चका कलाकारलाई अभिनय गरायो भने चलचित्र अवश्य चल्छ भन्ने मान्यता धेरै निर्देशकमा पर्न थालेको छ । रङ्गमञ्चबाट चलचित्रमा प्रवेश गरेका कलाकारले दर्शकबाट पनि प्रशंसा बटुलिरहेका छन् ।
‘पलेँटी’ मा ज्ञानु राणा
अङ्ग्रेजी महिनाको अन्तिम शक्रबार नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यस पटक ज्ञानु राणा प्रस्तुत हुनुहुने भएको छ । कार्यक्रम आउँदो शुक्रबार र शनिबार आयोजना हुँदै छ । ‘पलेँटी’ मा प्रसिद्ध लोककलाकार धर्मराज थापाको सम्झना पनि गरिने छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुनुहुन्छ ।
‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको सङ्घर्ष देखाउन खोजिएको चलचित्रको ट्रेलरमा उहाँको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा छ । ट्रेलरमा काठमाडौँमा बसोबास गर्ने भुईंमान्छे र मध्यमवर्गीय पात्रको सङ्घर्ष, सपना र पैसाका लागि बिदेसिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।
नेपाली चलचित्रकी नयाँ नायिका समृद्धि
चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला पात्र हुनुहुन्छ, समृद्धि अर्याल । चलचित्र ‘फर्की फर्की’ बाट अभिनयमा पदार्पण गर्नुभएकी उहाँ दर्शकका लागि नयाँ अनुहार हुन सक्छ । पहिलो चलचित्रमा नै उहाँले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने मौका पाउनुभएको थियो । दोस्रो चलचित्रमै उहाँले अहिले चल्तीका कलाकार दयाहाङ र विजयसँग उहाँले अभिनय गर्ने मौका पाउनुभएको छ ।
हल भिजिटमा अनमोल, जसिता र आँचल
असोज ३१ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘जेरी अन टप’ देशभर उत्साहका साथ प्रदर्शन भइरहेको छ ।
मृगौला पीडित गायक निर्मोहीलाई आर्थिक सहयोग
दुबै मृगौला फेल भएर थला पर्नु भएका वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई उपचार सहयोगार्थ एक लाख ७१ हजार २११ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ।
स्वातीको स्वरमा ‘बेली चमेली’
‘बेली चमेली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, विनोद ढकालको ¥याप तथा निशाद चन्द्राको सङ्गीत संयोजन रहेको छ । गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गर्नुभएको हो ।
‘वरिष्ठ बलराम’ प्रदर्शनमा
चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएको छ । दयाहाङ राई र विजय बराल प्रमुख भूमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । वृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको चलचित्रमा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायतका कलाकारको अभिनय रहेको छ ।