आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधि
ऐतिहासिक वराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ ।
आयोजकलाई हराउँदै वडा नं. ११ हीरापुरले जित्यो वडाध्यक्ष कप
आयोजक वडा नं. १३ पत्थरकोटलाई २–० गोलले स्तब्ध पार्दै वडा नं. ११ हीरापुरले आठौं लालबन्दी नगरस्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
महेन्द्र रत्न माध्यमिक विद्यालय लगातार दोस्रो पटक च्याम्पीयन
मंगल गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी लगातार दोस्रो पटक महेन्द्र रत्न माध्यमिक विद्यालयले जितेको छ ।
रोहनको शानदार प्रदर्शनमा हैरान्सको जित
लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ । उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ ।
सेसेलुङ गोल्ड कपलाई झण्डै ६ लाख घाटा
गत वर्ष सञ्चालन भएको दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कपलाई झण्डै ६ लाख रुपियाँ घाटा भएको छ । कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजुम्भोको संयुक्त आयोजनामा सञ्चालन भएको गोल्ड कपमा पाँच लाख ८९ हजार २१९ रुपियाँ घाटा भएको हो ।
एन्फा लिग : देउराली विजयी, चित्लाङ र विजयको बराबरी
काठमाडौँ, कात्तिक २१ गते । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ । खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा जन जागृतिका शम्भु थारुले टोलीलाई अग्रता दिलाए पनि देउरालीका मिलन लिम्बुले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । उज्ज्वल राईले एक गोल गर्नुयभो । देउरालीका विशाल तामाङ खेलको प्लेयर अफ द म्याच बन्नुभयो । अर्को खेलमा चित्लाङ स्पोर्ट्स क्लब र विजय स्पोर्ट्स क्लबका बिचमा १–१ गोलको बराबरी भयो । विजयका लागि अरुण थापा तथा चित्लाङका लागि विजय खड्काले गोल गर्नुभयो । मङ्सिर २ गतेसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ ।
खेल्न नपाएपछि फुटबलर सडकमा
गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन खेलाडीको चमेली बोल्दिने कोही छैन ।। पदाधिकारीलाई धनमाथि धनै छ । खेलाडीलाई चमेली रिनमाथि रिनै छ .....
एन्फा लिग : काँक्रेविहार र टाइगर्सको जित
एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो।
‘ए’ डिभिजन लिगको माग गर्दै फुटबल खेलाडीद्वारा एन्फामा धर्ना
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् ।
सलहेश फाइनललमा प्रवेश
सिराहाको सलहेश फुटबल क्लब पाँचथर क्लबलाई ४-१ गोलले हराउँदै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
‘एन्फामा फुटबल विकासका लागि राजनीति गरौँ’
पछिल्लो समय नेपाली फुटबल मैदानमा भन्दा मैदान बाहिरको बिबादले चर्चामा छ । क्लब फुटबल शुन्य जस्तै छ । राष्ट्रिय टोलीका राम्रा खेलाडी विदेश पलायन भईसकेका छन् । यस्तो विकराल अवस्थालाई टुलुटुलु हेरेर बस्नु पर्दा पिडा भएको भण्डारी बताउनुहुन्छ ।
यस वर्ष राष्ट्रिय लिग मात्र हुने
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने भएको छ ।
रियललाई पछ्याउँदै बार्सिलोना
लिगअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लामिन यमालले नवौँ, फेरान टोरेसले ११औँ र मार्कस रासफोर्ड ६१औँ मिनेटमा गोल गर्नुभयो ।
अस्ट्रेलियामा नेपाली फुटबलको आयोजना हुँदै
नेपाली फुटबल क्लब तस्मानिया (NFCT) ले अस्ट्रेलियामा चौथो एनएफसीटी इन्टरस्टेट टुर्नामेन्ट आयोजना गर्ने भएको छ । आगामी १३ डिसेम्बरमा होबार्टस्थित कर्नेलियन बे ओभल मैदान (Cornelian Bay Oval) मा यो वृहत् प्रतियोगिता आयोजना हुने भएको हो । यसमा कुल १३ हजार २०० अस्ट्रेलियन डलरभन्दा बढी पुरस्कारको राशी राखिएको छ । तस्मानियामा अहिलेसम्म आयोजना भएका नेपाली खेलकुद कार्यक्रम मध्येकै सर्वाधिक ठूलो नगद पुरस्कार राशी भएको क्लबले जनाएको छ ।
रियल म्याड्रिडको फराकिलो अग्रता
किलियन एम्बापेले दुई गोल गरेपछि स्पेनी लिगमा रियल म्याड्रिडले शनिबार राति भ्यालेन्सियालाई ४–० ले पराजित गरेको छ । यस नतिजासँगै रियल म्याड्रिडले शीर्ष स्थानमा आफ्नो अग्रता सात अङ्कले फराकिलो पारेको छ ।
आयोजक पथरी–११ सेमिफाइनमा
मिक्चल दासको एक मात्र निर्णायक गोलको मद्दतमा पथरी–११ फुटबल क्लब डिपेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउँदै पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम शुभारम्भ
करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।
बालगोपाल र चेतन फुटबल टोलीको सहायक प्रशिक्षक
बालगोपाल साहुखल र चेतन घिमिरे नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।
लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको सह–प्रायोजन
नेपालगञ्जमा मङ्सिर १८ गते हुने प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले सह–प्रायोजन गर्ने भएको छ ।
फुटबलको दीर्घकालीन विकासका लागि मन्त्रालयमा छलफल
छलफपछि फुटबलको दीर्घकालीन विकासको अध्ययन गर्न एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठनसमेत गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिनुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई हरायो
नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो ।
पथरीशनिश्चरे गोल्डकपको तयारी
पथरी–११ फुटबल क्लबले पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरेको छ ।