प्रधानमन्त्रीद्वारा बालुवाटारमा तरकारी खेतीको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भन्टा, धनियाँ लगायतका बीउ र बेर्ना रोप्नुभएको हो।
सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय
सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ । त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ ।
फोटो हेरेर महिला आयोगका अध्यक्ष भावुक बनेपछि...
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्य सावित्री कुमारी शर्माले गोरखापत्र संस्थानमा राखिएका ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।
ऐतिहासिक फोटोहरू राखिएको पाइयो : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले धर्मपथस्थित गोरखापत्र संस्थानमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार अवलोकन गर्नुभयो ।
प्रदर्शनीमा राखिएका तस्बिर गोरखापत्र संस्थानले बिक्री गर्नुपर्छ : पत्रकार दीक्षित
पत्रकार तथा साहित्यकार कनकमणि दीक्षितले गोरखापत्रले प्रदर्शनीमा रोखेका ऐतिहासिक तस्बिरहरु बिक्री गर्नुपर्ने बताउनुभएको छ ।
बीपी कोइरालाको दुर्लभ तस्बिर प्रदर्शनीमा
नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) को दुर्लभ तस्बिरले प्रदर्शनीमा आउने धेरैको मन जित्न सफल भएको छ ।
गोरखापत्र संस्थानको ऐतिहासिक तस्बिर प्रदर्शनीमा
गोरखापत्र संस्थानमा वि. सं. २०३० देखि २०६० सम्मका ऐतिहासिक फोटो प्रदर्शनका लागि राखिएका छन् । गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१ वर्ष प्रवेशको विशेष अवसरमा वैशाख २४ बाट यो प्रदर्शनी सुरु भएको हो ।
गोरखापत्रको १२३ औं वार्षिकोत्सव विशेष : गौरवपूर्ण इतिहास र प्रविधिमा फड्को
काठमाडौं, वैशाख २४ गते । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा पनि एउटा फड्को थियो। नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रले आइतबार १२३ वर्ष लामो अविचलित यात्रा तय गरेको छ ।यो गौरवपूर्ण यात्रामा गोरखापत्र जहानियाँ राणा शासन, राजा, प्रजातन्त्र, पञ्चायतदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको साक्षी बनेको छ । सरकारले गोरखापत्र प्रकाशन भएको मितिलाई नै राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णयसमेत गरेको छ । दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रमसमेत गरिएको छ । गोरखापत्र संस्थानले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरेको छ । १२३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले दिनुभएको शुभकामना सन्देशलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
सबैभन्दा विश्वसनीय पत्रिका गोरखापत्र नै हो : प्रधानमन्त्री प्रचण्ड
गोरखापत्र प्रवेशको १२३ औं वर्ष तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९५८ वैशाख २४ गते पहिलो प्रकाशन गरेको गोरखापत्रले आज वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।