स्याङ्जामाको काली गण्डकीमा पुस्तकालय सञ्चालनमा
स्याङ्जाको काली गण्डकी गाउँपालिका–४ विर्घामा सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका स्थायी घर भई कामको सिलसिलामा बाहिर रहेकाहरूको सक्रियतामा ‘मातृभूमि’ पुस्तकालयको स्थापना गरिएको हो ।
आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाइने
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ । शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवर्धन तथा विकास गर्न पहल गर्ने बताउनुभयो ।
पर्यटनबाट समृद्धि खोज्दै निसीखोला
समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् ।
बहुविवाहको कसुरमा चारजना पक्राउ
गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् ।
भीरमा फसेकी महिलाको उद्धार
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भीरमा लडेर फसेकी महिलाको उद्धार गरिएको छ ।
लामिछानेद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदबाट राजीनामा
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ।
‘केपी ओली कप’ फुटबल प्रतियोगिता फागुन ११ देखि
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेभएका छन् ।
राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ।
गृहमन्त्री लामिछाने पदमुक्त : सांसद पद पनि खारेज (उत्प्रेषण, परमादेशको पूर्णपाठसहित)
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेरणको आदेशबाट बदर हुने ठहर गरेको छ ।