करेन्ट लागेर एक जनाको मृत्यु
स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रपक्ता प्रहरी निरीक्षक केशब पौडेलले जानकारी दिनुभयो। केही पार्कको हेरचाह गर्दै आउनुभएको खुलेको छ।
कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताउनुभएको छ।
दुर्घटनाग्रस्त बोलेरो
हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँमा बुधबार दुर्घटनामा परेको भे १ च १६८५ नम्बरको बोलेरो ।
गति लिँदै कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल
स्याङ्जाको कालीगण्डकी –१ कारिकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल १३ बर्षपछि निर्माण कार्यले गति लिएको छ ।
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव
महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरूजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख बराबर छ। अद्यावधिक बेरूजु गत वर्षकोभन्दा ९ दशमलव ४५ प्रतिशतले बढेको छ।
सोलुखुम्बुको छेस्काम आसपास केन्द्र भएर भूकम्प
बुधबार सँझ सोलुखुम्बुमा भूकम्प गएको छ। जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा उपराष्ट्रपति यादवको जोड
कलैयामा निर्माण भएको प्रादेशिक अस्पतालको ब्लड बैंक भवन उद्घाटन गर्दै उहाँले स्वास्थ्य सेवा मौलिक हक भएकाले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन दिनुभयो।
पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।
शान्तिका लागि प्याकुरेलको साइकल यात्रा
शान्तिका लागि देशभर साइकल तथा पैदल यात्रा गरिरहनु भएका रतुवामाई नगरपालिका –८ दाम्राभिट्टा मोरङका ७२ वर्षिय रामभक्त कौडिण्य प्याकुरेल दैलेख सदरमुकाम आइपुग्नुुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
डिजिटल मधेश बनाउन अनेकन समस्या छन् : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सूचना प्रविधिको युगमा एकातिर दक्ष जनशक्ति अभाव र अर्कोतर्फ सेवा प्रदायक निकायको स्तरहीन सञ्चार सेवाले डिजिटल मधेश बनाउने अभियानमा चुनौती थपेको बताउनुभएको छ।
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने
नेपालमै कोरियन प्रविधिमा पशु औषधी उत्पादन गरिने भएको छ । बुधबार आयोजित कार्यक्रममा नेपालको अग्रणी पशु औषधी उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएन पी कोरियाबिच नेपालमा पशु औषधी उत्पादनका लागि प्राविधिक सम्झौता भएको हो ।
प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयुखोलादेखि यार्सासम्म सडक मर्मत
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ । पर्यटकियको रोजाइमा परेको गणेश हिमाल र कालोपोखरी पुग्ने सडक बर्खा सुरु भएसँगै धार्चे गाउँपालिका – ६ काशीगाउँ र वडा नम्बर २ केरौजा जोड्ने सडक गाउँपालिकाले मर्मत गर्ने कार्य सम्पन्न गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
बालकमाथि यौन हिंसा
हालसालै ल्यान्सेन्ट पब्लिकेशनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १८.९%, पुरुष १४.८ % विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९% पुरुषहरु र ६७.३% महिलाहरुले १८ वर्ष पुग्नु अगावै यौन हिंसा भोग्ने गरेको पाइएको छ ।
ब्वाइज युनियनलाई सफलता
एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा ब्वाइजले श्री कुमारीलाई ५–३ गोलले हरायो ।
वञ्जर जग्गामा बोरिङ सिँचाइ
पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ स्थित हर्दामा वञ्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुशीयाली छाएको छ।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको हो ।
मिसन–२०२६ : खेलाडीलाई ‘एक्सक्युज’ छैन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन एसियाड–२०२६ को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आगामी एसियाडमा दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने लक्ष्यमा साथ दृढ भएर लाग्न अनुरोध गर्नुभएको छ ।
'के घर के डेरा : घर नं २' को अग्रिम बुकिङ खुला
‘के घर के डेरा : घर नं २’को अग्रिम टिकट बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो ।
‘परिवार नियोजनाका सामग्री केही महिनालाई पुग्ने मौज्दात छ’
स्वास्थ्य सेवा विभाग राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रमका लागि आवश्यक पर्ने सामग्री अभाव हुन नदिन गम्भीर भएर लागेको छ ।
मालिकाका ५६ दरबन्दी खारेज
जेठ १ गतेबाट हट्ने भएपछि वैशाख ३१ गते कार्यालयमा आउनुभएका मालिका गाउँपालिका–३ का ४४ वर्षीय वीरबहादुर विश्वकर्माको मुहारमा खुसी थिएन्।
संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा
राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश
पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।