नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो।
बैतडी केन्द्र भएर भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
काठमाडौं उपत्यकामा जितिया महोत्सवको तयारी
थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने महिलाले ‘जितिया महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेका छन् । महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने आयोजकको भनाइ छ ।
मुस्लिम समुदायको शिक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्छ : महासचिव राई
जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले मुस्लिम समुदायका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता क्षेत्रमा विशेष ध्यान दिएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ।
पुस्तकालयमा पाठकको सङ्ख्या घट्दो
पुस्तकालयप्रति पाठकको आर्कषण घट्दो छ ।
मह किसानको समस्या अध्ययन गर्न समिति गठन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानको समस्या अध्ययन गर्न समिति गठन गर्नुभएको छ।
सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको छ ।
रेडपान्डा ट्रेल म्याराथनका विजेता महिला धावकलाई सम्मान
नेपाल शेर्पा सङ्घ ताप्लेजुङले अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगिताका विजयी महिला धावकलाई सम्मान गरेको छ ।
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा
पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।
टेलिकमद्वारा अर्घाखाँची अस्पताललाई सामग्री हस्तान्तरण
नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्र्स’ कुर्सी हस्तान्तरण गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको हो ।
भाषा शैली जोगाउन मनाङमा तीन गीतको भिडियो बन्दै
स्थानीय भाषाशैली र परम्परा लोभ हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी माथिल्लो मनाङमा भाषाशैली जोगाउन मनाङी भाषाको ३ वटा गीतको म्युजिक भिडियो छायाङ्कन भइरहेको छ ।
दुई महिनामा साढे २ अर्ब राजश्व सङ्कलन
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब राजस्व सङ्कलन गरेको छ ।
पाकिस्तानमा भिडन्त : ६ सैनिक र १२ आतङ्ककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन् ।
नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव
काठमाडौँ, असोज ६ गते । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ ।पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन् ।” यसैगरी उहाँले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गर्नुभएको थियो । जसपाका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।” रासस
कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन जारी
कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका साथै आर्थिक अनुशासन र मितव्ययिताका लागी पहल लिनुभएको हो ।
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
गैँडा संरक्षणमा जलवायु परिवर्तनको असर प्रमुख चुनौती
विश्वमा दुर्लभ मानिएको वन्यजन्तु एक सिङे गैँडाको संरक्षणमा जलवायु परिवर्तनको असर, चोरी शिकार तथा खागको अवैध व्यापार नै प्रमुख चुनौतीका रुपमा देखिएका छन् ।
डेंगु नियन्त्रण गर्न सतकर्ता अपनाउँदै स्थानीय तह
स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।
बर्दिबासमा कुष्ठरोग शून्यमा झार्ने अभियान
कुष्ठरोग निवारणका लागि विश्वव्यापी अभियानकर्ता एवम् जापानी नागरिक योहेइ सासाकावाले सन् ३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने उद्घोष गर्दै लालगढ लेप्रोसी असपतालमा एक करोड ७७ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेश सदनबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले बजेट पारित गरेको हो ।
स्याउ आकृतिको प्रवेशद्वार
मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा निर्माण गरिएको स्याउ आकृतिको प्रवेशद्वार ।
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
कोरियाली गाईका बाछी स्थानीयलाई उपहार
करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।