चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बनाइँदै
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
तीन दिन नेपाल भारत जमुनाहा नाका पूर्णरुपमा बन्द हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु
म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सबस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।
मल र बीउ उपलब्ध गराउनेलाई मत : मर्चवारवासी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।
इलाममा निर्वाचन सुरक्षा तयारी पुरा
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
उच्च मनोबलका साथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिनुभएको छ ।
निर्वाधरूपमा प्रचारप्रसारको वातावरण सिर्जना गर्न आयोगको ध्यानाकर्षण
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ।
एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण
गैर आवासिय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
निर्वाचनका लागि ७२ घण्टा सीमा सिल हुने
भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । सुरक्षित, व्यवस्थित एवम् भयरहित वातावरणमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।