सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
घोडा चढेर जाँत आउँदा कुहिरो लाग्छ
सुदूरपश्चिमका १६ वटा भगवतीका बहिनीमध्ये बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला सुरु भएको छ । मेलाको मुख्य आकर्षण स्वराडबाट घोडामा चढेर जाँत (झाँकी) आउने बेलामा कुहिरो लाग्ने गर्दछ । मेलामा भारतबाट समेत दर्शनार्थी आउने गर्छन् । दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँस्थित निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डार ल्याएर मेलामा जाग्राम बस्ने क्रम बुधबारबाट सुरु भएको हो ।
खानेपानी तथा सरसफाइ सम्मेलनः काठमाडौँ घोषणापत्र जारी
सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता ९बास० सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।
प्रधानमन्त्री दाहाल मानसरोवर जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा आउनुभएको थियो ।
शिल्पीमा भैरव अर्यालको कृति ‘ह बिन्दु राम पण्डित’
‘ह राम पण्डित’ बाट परिवर्तन गरेर ‘ह बिन्दु राम पण्डित’ नाम राखिएको नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । नाटक हिन्दु पौराणिक कथाको सेरोफेरोमा आधारित छ । नाटकभित्र यमराजका चेला चित्रगुप्तको स्थानमा सेट बनाइएको छ जहाँको कथाभित्रका मुख्य पात्र हराम पण्डितको मृत्युपछि पनि सरकारी कार्यालयको अव्यवस्थाले उनलाई छाड्दैन । उनले मरेपछि पनि नाम बिग्रिएर पीडा पाउँछन् । मरेपछि पनि उनले सरकारी कार्यालयमा धेरैलाई घुस खुवाउनु पर्छ । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको विश्वास नाटकभित्र उजागर गर्न खोजिएको छ ।
बहसमा शिक्षा विधेयक
विवादमा तानिएको विद्यालय शिक्षासम्बन्धी विधेयकबारे यति बेला सरोकारवालामाझ बहस र छलफल सुरु भएको छ । यसको बहस नेपाली कांग्रेसको संसदीय दलसम्म पुगिसकेको छ भने अन्य दलका नेताले पनि समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । मार्टिन चौतारीले बुधबार आयोजना
मल कारखाना खोल्न सर्वेक्षण अनुमति
हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न मलेसियन कम्पनीले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । लगानी बोर्डको कार्यालयले बुधबार सो प्रयोजनका लागि मलेसियन कम्पनी रिनिकोलासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ ।
नेपाललाई हराउँदै भारत फाइनलमा (फोटो फिचर)
काठमाडौं, असोज १० गते । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ७४ मिनेटमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आजनै भएको खेलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो ।
प्रधानमन्त्री प्रचण्ड र सचिव वाङबीच भेटवार्ता
चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ सियाङले भेटवार्ता गर्नुभएको छ ।