अवैध सुनसहित तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक
राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको चिन्तन ठिक छैन : अध्यक्ष नेपाल
सत्ता सहयात्री दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली ठिक नहुने धारणा राख्नुभएको छ।
राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भयो : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटक पास भएर गएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताउनु भएको छ।
विपन्नलाई विद्युत महसुल छुट
तानसेन नगरपालिकाका एक हजार ८१५ विपन्न परिवारले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन्। नगरभित्रका विपन्न समुदायका एक हजार ८१५ घरपरिवारलाई २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो।
थप ८१ जनामा सङ्क्रमण, १७५ सङ्क्रमण मुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ४४७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रपतिबाट संवैधानिक व्यवस्था पालना हुन सकेन : तमलोपा
तराई–मधेश लोकतान्त्रिक पार्टीले सङ्घीय संसदबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ ।
बिजुली खोलाको परिचय बनाउँदैछ मोदी खोला
“हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा...!” लोकपप गायक तिलकबम मल्लको हो ।
सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्दै
सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दैछ।