जजिरा एयरवेजको कुवेत–चीन उडान सुरु
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ ।
कांग्रेस निर्वाचन घोषणापत्र तयारी समितिमा छ सहमहामन्त्रीसहित ४१ सदस्य मनोनीत
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनयन गर्नुभएको छ ।
कवाडी सामान राख्ने छाप्रोमा आगलागी
ललितपुरको नयाँ बाटोस्थित एभेन्स स्कुलसँगै जोडिएको कवाडी सामान राख्ने छाप्रोमा आगलागी भएको छ । स्कुलको कम्पाउण्डसँगै जोडिएको भए पनि स्कुलमा कुनै क्षति भएको छैन ।
सत्ता गठबन्धनले राष्ट्रपतिको कदम सम्बन्धमा विज्ञप्ति जारी गर्ने
सत्ता गठबन्धनको बुधवार बिहान बालुवाटारमा बसेको बैठकमा राष्ट्रपतिको कदमबारे छलफल गरेको छ ।
डेंगुबाट बागमती प्रदेशमा एघार जनाको मृत्यु
बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु
नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक सुरु भएको हो ।
महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा
दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गर्नुभयो ।
अछामका ५३ जना प्रमुख र उपप्रमुखका उम्मेदवारलाई निर्वाचन आयोगको जरिवाना
स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर वेवास्ता गरेका अछामका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचन खर्च विवरण सम्बन्धि प्रावधान अनुसार खर्च विवरण नबुझाउने अछामका स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्म जरिवाना तोकेको छ ।
३० वर्षदेखि पाउँदै आएको कृषि र पशु सेवा बन्द, कार्यालय खण्डहर
३० वर्षभन्दा लामो समयदेखि कृषि र पशु सेवा दिदैं आईरहेका इलाका कार्यालयको सेवा बन्द हुँदा सरकारी भवन खण्डहर बनेका छन् । कार्यालयसँगै सेवासमेत बन्द हुँदा कृषि र पशु रोगको उपचार गर्ने हजारौं किसान मर्कामा परेका छन् ।