स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय
गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ ।
पूर्ण विद्युतीकरण गर्न तीव्र काम हुँदैछ : उर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको सबै ठाउँमा पूर्ण विद्युतीकरण गर्नेगरी सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभएको छ ।
तत्कालीन नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा
नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज (बुधबार) राजीनामा दिनुभएको हो ।
अध्यक्ष ओलीद्वारा कोहलपुर–सुर्खेत सडकको अवलोकन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको सडक अवलोकन गर्नुभएको छ ।
जुडोको टिम इभेन्टमा नेपालको चुनौती समाप्त
चीनमा जारी एसियाड अन्तर्गत जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मङ्गलवार नै सकिएको थियो ।
निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।
विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।