संयुक्त राष्ट्रसङ्घद्वारा आणविक हतियार निर्मूल गर्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार निर्मूल गर्न आह्वान गर्नुभएको छ । उहाँले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
बक्सिङमा सुष्मा र भूपेन्द्र पराजित
पदकको आशा गरिएकी युवा मुक्केबाज सुष्मा तामाङ र अनुभवी खेलाडी भूपेन्द्र थापा बुधबार आआफ्नो खेलमा पराजित हुनुभयो ।
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि हुने कारबाहीको जानकारी दिन सूचना पाटी राख्नुहोस् : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।
महभिरमा पहिरोले दुई घर पुरिए
म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थित ओडारबोटमा पहिरोले दुई घर पुरिएको छ । बुधबार विहान २ बजे वस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले ओडारबोटका स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो ।
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो ।
मनाङमा पर्यटकलाई सहज, सडक सञ्जालले पदमार्ग सङ्कटमा
लमजुङको बेँसीसहरबाट सुरू हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ ।
बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत
स्थल नाका हुँदै नेपाल आएका विदेशी पर्यटकहरूलाई बुधबार बेलहिया नाकामा भव्य स्वागत गरिएको छ । ४४औं विश्व पर्यटन दिवसको अवसरमा स्थलमार्ग हुँदै आएका पहिलो पाँच जना पर्यटकलाई बेलहिया नाकामा स्वागत गरिएको हो ।
वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ
अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।