वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ
अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।
नयाँ खिम्ती सबस्टेसनको निर्यात परिमाण बढ्ने
नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।
सुशासनको मार्गचित्रको तयारीमा सरकार छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।
संसद् अवरोधले जनताको दुःख राख्न पाइनँ, घटना बासी भइसक्यो : सांसद डम्डुल लामा
“गत साउन १२ गतेदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दुःख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी भइसक्यो”
जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ
डडेलधुरामा मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सञ्चालन
डडेलधुरा मेडिकल कलेजले मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु पढाई सुरु गर्ने भएको छ । स्थापना भइरहेको डडेलधुरा मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको छ ।
पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत
विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभएको हो ।