मलङ्गवामा कर्फ्यु खुकुलो, जनजीवन सामान्य
सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । मङ्गलबार बजारका अधिकांश पसल खुलेका छन् । यातायात सुचारु भएपछि मानिसको आउजाउ बाक्लिएको छ ।
बस्तीमा बाघ आतङ्क : घरपालुवा पशुमाथि दैनिक आक्रमण
बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि पाटेबाघले आतङ्क मच्चाएको छ ।
शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ ।
शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।
१९औँ एसियाड : चौथो दिन नेपालको सबै खेलमा निराशा
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा मंगलबार नेपालले भाग लिएका अधिकांश खेलमा निराशाजनक प्रदर्शन गरेको छ ।
चीनको नान्जिन नगरका उपप्रमुख नेतृत्वको टोली काठमाडौँमा
इन्द्रजात्रा अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आउनुभएको छ ।
भौतिक पूर्वाधारको अभावमा आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय
चन्द्रपुर नगरपालिकामा रहेको आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय भौतिक पूर्वाधारको अभावमा सञ्चालित छन् ।
३३ औँ ज्येष्ठ नागरिक दिवस मनाउन महानगरको अनुरोध
काठमाडौँ महानगरपालिकाले ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सबै वडामा अनुरोध गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र छिङछोङ महानगरका सचिवबीच भेटवार्ता
चीनको औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम सहर छोङछिङमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन जियाजुनले छोङछिङ सहरमा भेटवार्ता गर्नुभएको छ ।