तनहुँमा बालबालिकालाई 'स्वर्णविन्दु प्राशन' गराइने
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।
थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण
भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ ।
बाइपोलार डिस्अर्डरको पीडा
जीवन सरल रूपमा बिताउन मानिसमा मानसिक स्वास्थ्यको अहम् भूमिका रहन्छ तर केही मानिस विभिन्न किसिमका कडा मानसिक रोगबाट प्रताडित बन्छन् । त्यसमध्येको एक हो बाइपोलार एफेक्टिभ डिस्अर्डर ।
बुढ्यौलीमा दाँतको समस्या
नेपालका ज्येष्ठ नागरिकमा मुटु एवं रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, मेटाबोलिक, हाड तथा मांसपेशी एवं मूत्र प्रणालीसम्बन्धी समस्या अधिक भए पनि दाँतको समस्या भएका पनि उत्तिकै छन् तर पनि दाँतको समस्यालाई त्यति प्राथमिकतामा राखिएको देखिँदैन ।
बाजुरामा निःशुल्क स्वास्थ्य शिविरबाट १६६० जना लाभान्वित
बाजुराको मार्तडीमा सञ्चालन गरिएको निःशुल्क हाडजोर्नीसम्बन्धी स्वास्थ्य शिविरबाट एक हजार ६ सय ६० जना नागरिक लाभान्वित भएका छन् ।
स्तन क्यान्सर रोगबाट जोगिन सचेतना कार्यक्रम
क्यान्सर केयर सेन्टर लहानले धनगडीमाइ नगरपालिकाका स्थानीय महिलाहरुलाई सचेत बनाउन एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम ग्रामीण महिला केन्द्रको आयोजनामा भएको थियो ।
आठ वटुकको स्वास्थ्य बिमा
चापाकोट नगरपालिका वडा नं –८ ले मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासिय आठ जना विद्यार्थीको स्वस्थ्य बिमा गरेको छ ।
आन्दोलनरत नर्ससँग सहमति
आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीको समस्या समाधान हुने भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न पेसागत सङ्घ संस्थाबिच भएको वार्तापछि तीनबुँदे सहमति भएको छ ।
एक जना कर्मचारीको भरमा स्वास्थ्य संस्था
बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा मात्र सञ्चालन हुँदै आएका छन् ।
गुल्मीको रुरु गाउँपालिकामा सबैभन्दा बढिले गरे स्वास्थ्य बिमा
गुल्मीका दुई नगरपालिका र दस गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरैले स्वास्थ्य बिमा गरेका छन् ।
‘उपत्यका बाहिर जलन उपचार केन्द्र नहुँदा अकालमै ज्यान गुमाउन बाध्य जलन पीडित’
उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा.शंकरमान राई बताउनुहुन्छ ।
नेपाली सेनाको स्वास्थ्य शिविरबाट तीन सय बढीले लिए सेवा
रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा पाएका छन् ।
गुल्मीमा १५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत देशभर बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकाका लागि भिटामिन ‘ए’सँगै जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ ।
स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी–२ जिल्लामै पहिलो
आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका –२ जिल्लामै पहिलो बनेको छ ।
सुरक्षित मातृत्वका लागि स्टाफ नर्सलाई ३६ दिने तालिम
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनका लागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्वबारे तालिम आवश्यक पर्छ ।
भेरी अस्पतालमा १४ महिनादेखि ‘सिटीस्क्यान’ सेवा अवरुद्ध
भेरी अस्पताल पश्चिम नेपालको धेरै बिरामी आउने अस्पताल हो । यहाँ धेरै जसो निम्न आयस्तर र मध्यम वर्गीय नागरिकहरु आउने गरेका छन् ।
स्वास्थ्य बिमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
स्वास्थ्य बिमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् ।
स्वास्थ्य बिमामा बिरामीको आकर्षण बढ्दै
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा बिमाबाट उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
स्वास्थ्यमन्त्री डा. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
१९३ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकाको सामुदायिक अस्पताल परिसरमा पहिलो पटक आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
सात हजार बढीमा डेङ्गु पुष्टि, छ सङक्रमितको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ ।
आन्दोलनका कार्यक्रम यथावत् राख्ने नर्सिङ सङ्घको निर्णय
काठमाडौँ, कात्तिक १७ गते । नेपाल नर्सिङ सङ्घले सहमति गरेको २४ घण्टा नबित्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने निर्णय गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने जानकारी दिएको हो । शनिवार आन्दोलनको प्रतिनिधित्व गरिरहेको नेपाल नर्सिङ सङ्घ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) एवं निजी मेकिडल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिहरु बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सहमति भएको थियो । उक्त सहमतिमा निजी मेकिडल कलेजले आफ्नो शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई पाँचौँ तहको ३४ हजार ७३० रुपियाँ कात्तिक महिनादेखि लागु हुने गरी उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै, अन्य निजी तथा सामुदायिक अस्पताल र डेन्टल कलेजले शुरु तलब स्केल कम्तीमा ८० प्रतिशत तलब दिने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्याउने सम्झौता भएको थियो । बुँदा एकमा सहमति भए पनि अन्य बुँदामा आन्दोलनरत नर्सको आपत्ति रहेकोले सङ्घले घोषणा गरेका कार्यक्रमलाई पूर्व योजना अनुसार यथावत् राखेको सङ्घकी महासचिव डा.देवका कुमारी आचार्यले जानकारी दिनुभयो । सङ्घकाे अगुवाइमा देशैभरका स्वास्थ्य शिक्षण संस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मी कार्यरत संस्थासँग न्यूनतम सेवा सुविधा लगायतका १५ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सरकारले ४८ घण्टाभित्र नर्सका माग सम्बोधन नगरे सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापी रुपमा ठप्प पार्ने सङ्घले चेतावनी दिएको छ । आन्दोलनमा उत्रिसकेका नर्सलाई कुनै प्रकारको दबाब, प्रभाव, डर त्रास वा धम्कि नदिन सङ्घले आग्रह गर्नुभएको छ । नर्सिङ सेवा बन्द हुँदा उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित स्वास्थ्य संस्थाले व्यहोर्नुपर्ने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले असन्तुष्ठ नर्सहरुको माग एक महिनाभित्र आपसी छलफलका माध्यमबाट दीर्घकालीन समाधान हुने गरी सम्बोधन गर्ने भन्दै आन्दोलनरत नर्सलाई आफ्नो कार्यमा फर्किन आग्रह गर्नुभएको छ । साथै उहाँले शनिवार आन्दोलनरत नर्ससँग भएको सहमति कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ । यस्तो छ संघले शनिवार गरेको सहमति
तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण
तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो ।
भागेश्वरको बगरकोटमा आधुनिक स्वास्थ्य चौकी भवन
जिल्ला सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दूरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थाई मुकाम वडा ४ बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ ।