आँखा जाँच गरिएकामध्ये १२ प्रतिशतमा मोतिबिन्दु
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
मान्छे टोक्ने कुकुरको बन्ध्याकरण
तुलसीपुर उपमहानगरपालिका–१७ र १८ का विभिन्न ठाउँमा सामुदायिक कुकुरले बालबालिका र जीवजन्तुलाई टोक्न थालेपछि बन्ध्याकरण सुरु गरिएको छ ।
‘श्रमिक बराबर पनि मूल्य भएन’
कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरूको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रात दिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।
पानसराले बाटोमै जन्माइन् तीन बच्चा
बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माउनुभएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माउनुभएको हो ।
वर्षमा ६४ एचआइभी सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा एक वर्षमा ६४ जना एचआइभी एड्स सङ्क्रमितको ज्यान गएको छ । गत आर्थिक वर्षमा सो सङ्ख्या सङ्क्रमितले ज्यान गुमाएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ज्यान गुमाउनेमा २४ महिला, ४३ पुरुष र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।
काठमाडौँ महानगर भित्रका फार्मेसी सुधार गर्न १० दिनको समय
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगरभित्र सञ्चालित फार्मेसी व्यवसायीहरू फार्मेसी सुधारका लागि १० दिनको समय दिएको छ ।
निःशुल्क आँखा शिविर हुने
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।