‘कोरोनाको चौथो लहर होइन’
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । केही दिन अघिसम्म दैनिक चार जनासम्म सङ्क्रमित व्यक्ति देखिने गरेको भए पनि पछिल्ला दिनमा दैनिक चार सयभन्दा बढी सङ्क्रमितको सङ्ख्या नाघ्न थालेको छ । यसरी कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि कतिपयले यसलाई नेपालमा कोरोनाको चौथो लहरका रूपमा लिन थालेका छन् । यद्यपि सरकारले चौथो चरणमा कोरोना पुगेको पुष्टि भने गरेको छैन ।
मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा, विश्वभर १६ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना
काठमाडौं, साउन ७ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ हुनुभएको छ। मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिनुभयो।वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना हुनुभएको जानकारी दिनुभयो।उहाँका अनुसार मन्त्री खापुङको अहिले वीर अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। “उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भन्नुभयो, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।” रासस
थप ३३५ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई ९९६ जनाको कोरोना परीक्षण गर्दा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
न्यूनतम मापदण्डमा जिल्ला अस्पताल, दैलेख प्रथम
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक जिल्लाका अस्पताल मध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट भएको छ ।
दार्चुलामा बढ्यो एचआइभी सङ्क्रमण
दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् ।
कोभिड उपचार केन्द्र तयारी अवस्थामा
झापाको दमक नगरपालिकाले कोभिड महामारीको समयमा सञ्चालनमा ल्याएको अस्थाई कोभिड उपचार तयारी अवस्थामा राखेको छ । पुन कोभिडको संक्रमण बढ्न थालेपछि ३० बेड क्षमताको कोभिड अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको र आवश्यक तयारी सुरु भएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो ।
अक्सिजेनेटर झिकाउन निर्देशन
अक्सिजेनेटर मेसिन अभावका कारण मुटुको शल्यक्रिया रोकिएपछि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरेर मेसिन तत्काल झिकाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठक शुक्रबार बसेको थियो । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया तत्काल गर्नका लागि कूटनीतिक पहल र कानुनी बाधा अड्चन फुकाएर मेसिन ल्याउनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कूटनीतिक पहल गरेर पनि अक्सिजेनेटर ल्याउन सकिने बताउँदै हाल विश्वबजारमा अक्सिजेनेटर अभाव भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कोरियाबाट केही दिनभित्र १० वटा अक्सिजेनेटर मेसिन नेपाल ल्याइँदै छ ।
४५६ सङ्क्रमित थपिँदा ८० जना सङ्क्रमण मुक्त
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिएका छन् ।