मङ्किपक्सको प्रकोप : विश्व आपत्काल घोषणा
विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मङ्किपक्सको प्रकोप विश्वव्यापी हुँदै गएपछि सङ्गठनले विश्वव्यापी आपत्काल घोषणा गरेको हो । मङ्किपक्सको प्रकोप विश्वका ७५ देशमा फैलिइसकेको छ भने हालसम्म पाँच जनाको मृत्यु भएको छ । यस्तै १६ हजारभन्दा बढी मानिसलाई मङ्किपक्सको पुष्टि देखापरेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘मङ्किपक्स भाइरस’ नेपालमा पुष्टि नभए पनि जोखिम भने रहेको बताउनुभयो ।
उन्यूका डाक्टरले पत्ता लगाए क्यान्सरको औषधि
भक्तपुर सूर्यविनायक –१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चहारेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन, बिरुवा अनि तिनमा रहेको औषधीय गुणबारेमा जानकारी थियो ।
खर्च अभावमा तीन वर्षदेखि साङ्लोमा अम्बिका
उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा वडा नं. १० दोमुखाकी ३७ वर्षीय अम्बिका ढकाल ३ वर्षदेखि साङ्लीमा बाँधिन बाध्य हुनुहुन्छ । ढकाल भागेर घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङलोले बाँधेर राखेको बताउनु भएको छ ।
थप ३४७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य बीमामा देखिएको समस्या तत्काल समाधान गर्न सांसद सङ्ग्रौलाको माग
नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला (पन्त)ले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
भारतबाट फर्कनेमा काेरोनाको सङ्क्रमण देखिँदै
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
कोभिड नियन्त्रणमा दिनरात खटिने चिकित्सक र स्वास्थ्यकर्मी सम्मानित
कोभिडको महामारी अति नै चरम अवस्थामा पुगेको बेला दिनरात खटिएर भूमिका निर्वाह गर्ने बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभा र १० औँ अधिवेसनको अवसरमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको हो ।
स्वास्थ्यमन्त्रीकाे स्वास्थ्यमा सुधार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यस्थिति सामान्य रहेकाे बताइएकाे छ । हिजो सामान्य चक्कर आएपछि उहाँ वीर अस्पतालमा उपचारको लागि जानुभएको थियो ।
भारतीय नाकामा रहेका होल्डिङ सेन्टर रित्तै, छाप्रोमा हेल्थ डेस्क्
सरकारले भारतसँग जोडिएका नाकामा कोभिड –१९ का लागि होल्डिङ सेन्टर निर्माण गरे पनि सञ्चालनमा आउन सकेको छैन । भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेशविन्दुमै होल्डिङ सेन्टरमा राखेर पिसीआर र एन्टिजेट परीक्षणको लागि तथा सङ्क्रमितहरू सुरक्षित राख्नका लागि एक हजार अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन् ।