प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह
औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
एचआइभी नियन्त्रणमा नेपाललाई उल्लेखनीय उपलब्धि हासिल : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
एड्स संक्रमितमाथि गरिने विभेद अन्त्य गर्नुपर्छ : मन्त्री सिंह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले एड्स संक्रमितलाई समाजमा विभिन्नखालका विभेद सहनुपरेको भन्दै त्यस्ता विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति र लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गर्नुभएको छ ।
गाउँमै उपचार पाएपछि स्थानीयवासी खुसी
स्याङ्जाको वालिङ नगरपालिका ३ माझकोटका स्थानीयवासी गाउँमा नै सहज उपचार पाएपछि खुसी छन् ।
विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने
सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ ।
तनहुँमा डेंगुबाट बालकको मृत्यु
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको मृत्यु भएको हो ।
तिम्ल्याहा बच्चाको पोषणका लागि माउ गाई सहयोग
झापाको गौरिगंज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरण पोषणमा सहयोग पुर्याउन गौरीगन्ज गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ ।
आज ३६औँ विश्व एड्स दिवस
आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।