एक सय जना मोतीबिन्दु रोगीको निःशुल्क शल्यक्रिया
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट भेटिएका करिब एक सय जना मोती विन्दु रोगीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
जिल्ला अस्पतालमा पाँच शय्याबाट डायलासिस सेवा
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई निःशुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको छ । जिल्ला अस्पतालले पाँच शय्याबाट मिर्गौला प्रत्यारोपणको सेवा प्रदान गर्दै आएको छ ।
मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ ।
कोइलाजन्य स्रोतबाट आगाे नताप्न स्वास्थ्य मन्त्रालयको सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउ आग्रह गरेको छ ।
स्याङ्जा सहयोग समाजको एक लाखभन्दा बढी सहयोग
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति र कतार एकाइले मिर्गौला प्रत्यारोपण गरेका एक परिवारलाई सहयोग गरेको छ ।
कालीकोटमा अवैध मेडिकल सञ्चालन
कालीकोटका गाउँ–गाउँमा औषधि पसल खुलेका छन् । अधिकांशले अवैध तवरबाट मेडिकल चलाइरहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
घुम्ती शिविरमा २७ जनाले बन्ध्याकरण गराए
नेपाल परिवार नियोजन सङ्घ बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बाँकेले सन्तानको रहर पुगेका दम्पतीका लागि सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २७ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र महिला तीन सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
बाङसिङमा स्वास्थ्य चौकीको नयाँ भवन
आँधीखोला गाउँपालिका–४ बाङसिङमा स्वास्थ्य चौकीको नयाँ निर्माण भवनको निर्माण गरेको छ । पुरानो चुहिने भवनबाट सेवा दिँदै आएकोमा अब नयाँ भवनबाट सेवा प्रदान गर्ने