डेङ्गुको ‘हटस्पट’ बन्यो सोल्टी बजार
सर्लाहीको बागमती नगरपालिका –८, सोल्टीबजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । दिनहुँ डेङ्गुका बिरामी बढेपछि सोल्टीबजार क्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने, लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिनुभयो ।
कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्रीले पढाइ दिनुहुने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेका छोरालाई निःशुल्क पढाइदिने हुनुभएको छ ।
‘आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताउनुभएको छ ।
मोतियाविन्दुको निःशुल्क अप्रेसन
पूर्वी नवलपरासीको कावासोतीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर आयोजना भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब र मध्यबिन्दु आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा तीन दिने निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको हो ।
बेलायत जान ७१ जना नर्सको नाम छनोट
वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।नेपाल र बेलायत सरकारबिच नेपाली नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तर्वार्ता लागि ७१ जना नर्स छनोट भएका हुन् ।
स्वास्थ्य शिविरमा २५६ जनाको आँखा परीक्षण
दोलखाको तामाकोशी गाउँपालिका–३ छौडेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पछिल्लो समय आँखासम्बन्धी विभिन्न समस्या र रोग देखा पर्न थालेपछि यसको न्यूनीकरणका लागि गाउँपालिकाको आयोजनामा गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य सेवा
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १५ जना स्थानीयले सेवा लिएका छन् ।
नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु
नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आजबाट काठमाडौंमा सुरु भएको छ । सम्मेलन आइतबार र सोमबार गरी दुई दिनसम्म चल्नेछ ।
अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्तिको उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।