गाईभैँसी उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमा
कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ । टीकापुर-२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो ।
आँबुखैरेनी अस्पतालमा 'डायलासिस' सेवा
तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेका मिर्गौला बिरामीलाई डायलासिसको लागि पालो कुर्नुपर्ने तथा टाढा धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। गाउँपालिकाले सुरु गरेको आँबुखैरेनी अस्पतालमा छुट्टै युनिट स्थापना गरी ‘डायलासिस’ सेवा प्रदान गर्ने भएकाले सो अन्त्य हुने भएको हो ।
मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै रहेको पाइएको छ । भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न सङ्घसंस्थाको सहयोग तथा नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको थियो । उक्त क्रममा मानसिक समस्या पहिचान भएका महिलाको सङ्ख्या धेरै देखिएको हो ।
एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन
कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् ।
एक वर्षमा तीन लाखभन्दा बढी मधुमेहका बिरामी थपिए !
पछिल्लो समय नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन्।
स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ ।
टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका-७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
सिफारिसका आधारमा निः शुल्क उपचार गरिने
कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निः शुल्क उपचार गर्ने भएका छन् ।