किन ८१ प्रतिशत नर्स अनुत्तीर्ण भए ?
स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने
मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरीका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन हुने भएको छ ।
निजी अस्पतालमा विपन्न र असहायको निःशुल्क उपचार
धनगढी उपमहानगरपालिकामा रहेका निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार हुने भएको छ ।
बसाइसराइ रोक्न तीन वटै सरकार सजक हुनुपर्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइसराइ रोक्नका लागि तीन वटै सरकार सजक हुनु पर्ने बताउनुभएको छ ।
एक हजार ७६ सुत्केरी त्रिपालमुनि
गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।
‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सफल भएको दाबी
‘द लेप्रोसी मिसन नेपाल’ ले आफूले गरेको काममा सफलता पाएको जनाएको छ । अपाङ्गता समावेशी रोजगारी प्रवर्द्धन कार्यक्रममा लेप्रोसीले सफलता हासिल गरेको दाबी गरेको हो ।
सडक दुर्घटनामा घाइतेको हवाई उद्धार
रुकुम पश्चिम, चौरजहारीमा आइतबार सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई थप उपचारको लागि बाँकेको सोमबार (कोहलपुर) पुर्याइएको छ
नेपालगन्ज नर्सिङ क्याम्पसको आधुनिक भवन निर्माण
भौतिक पूर्वाधारको अभावमा नर्सिङ पढाइमा समस्या देखिएपछि नेपालगन्जमा करिब एक करोडको लागतमा ६ कोठे आधुनिक भवनको निर्माण गरिएको छ ।
डेङ्गुको ‘हटस्पट’ बन्यो सोल्टी बजार
सर्लाहीको बागमती नगरपालिका –८, सोल्टीबजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । दिनहुँ डेङ्गुका बिरामी बढेपछि सोल्टीबजार क्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने, लार्भा खोजेर नष्ट गर्ने र स्थानीय वासिन्दालाई सचेतना प्रदान गर्ने काम सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिनुभयो ।