खतराको घण्टी जलवायु परिवर्तन
गएको मे ११ मा अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा अचानक बाढी आयो । लेदोसहितको बाढीले तीन सयभन्दा बढी मानिसको मृत्यु भयो । दुई हजार ११ घर नष्ट भए । दुई हजार आठ सय घर क्षतिग्रस्त भए । त्यसैगरी मे ४ मा ब्राजिलमा भीषण वर्षा भयो । भीषण वर्षापछि आएको बाढीमा ७५ जनाको मृत्यु भयो भने १०३ जना बेपत्ता भए । ८८ हजार मानिस घरवारविहीन भए । आठ लाख मानिस खानेपानी र बिजुलीबाट वञ्चित भए । मे २ र ३ मा खाडी क्षेत्रमा अकल्पनीय भीषण वर्षा भयो । एक वर्षमा हुने वर्षा एकै दिनमा भयो । इतिहासमै नभएको ठूलो वर्षाले संयुक्त अरब इमिरेट्सको दुबई शहर तथा अर्को देश ओमान डुबा
देखिँदैन जुनकिरीको टिमटिम
साँझ उज्यालो छर्दै उड्ने जुनकिरी र भरभर गर्दै उड्ने गाइनेकिरा गाउँघरका खेतबारीमा अचेल कमै देखिन्छन् । यसको मार किसानलाई परेको छ । पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थाल्छ । धेरै मानिसलाई अचम्म पनि लाग्न सक्छ, त्यत्रो आकारको शङ्खेकिरा त्यति सानो जुनकिरीको भोजन कसरी बन्छ होला ? विज्ञहरूका अनुसार जुनकिरीको लार्भाले शङ्खेकिरा खाने गर्दछ । लार्भा भनेको किराको प्रारम्भिक र खन्चुवा अवस्था हो । त्यही अवस्थामा जुनकिरीले शङ्खेकिराको लार्भालाई नष्ट पार्ने गर्दछ । लार्भा अवस्था
सिद्धार्थ गौतम २८औँ बुद्ध
बौध धर्ममा गौतम बुद्धअघि २७ बुद्ध थिए भन्ने धेरै मानिसलाई थाहा नहुन सक्छ । अझ काठमाडौँ उपत्यकाको नेवार समुदायका बौद्ध धर्ममार्गीले गौतम बुद्धभन्दा दीपङ्कर बुद्धलाई विशेष रूपमा मान्दछन् । जबकि बौद्ध धर्मावलम्बी ‘थेरवाद’ (हीनयान) सम्प्रदाय लुम्बिनीमा सिद्धार्थ गौतम जन्मनुअघि २७ जना बुद्धको वर्णन छ । यद्यपि गौतम बुद्धभन्दाअघि जन्मेका बुद्धको जन्म, थितिमिति, जन्मस्थान र उनीहरू बाँचेको आयु भने काल्पनिक लाग्दछ । गौतम बुद्धअघिका बुद्धको शरीरको लम्बाइ ८८ हात लामो र आयु लाख वर्षसम्म निर्धारण गरिएको छ । बौद्ध धर्मावलम्बी थेरवाद सम्प्रदायको पवित्र ग्रन्थ त्रिपिटकको सुत्तपिटकमा २८ बुद्धको नाम र वर्णन सङ्क्षिप्तमा निम्नानुसार छ :
हराउँदै छ रैथाने स्वाद
बास्नाले भोजन प्रणालीमा उच्च महत्व राख्ने तथ्य निर्विवाद छ । मगमग बास्नायुक्त खाद्यपरिकार चौरासी व्यञ्जनको एक गुण हो वा होइन, थाहा छैन तर यसले पाकशास्त्र र पाकमनोविज्ञानमा विशिष्ट महत्व राख्छ । बास्नाले भोजनप्रतिको आकर्षण र स्वादिष्टपन ह्वात्तै बढाइदिन्छ । बास्नामा गहिरो विज्ञान र मनोविज्ञान लुकेको हुन्छ । बास्नादार खाद्यवस्तुको बजारभाउ पनि उच्च छ । बजारमा बासमती चामलको भाउ चर्को छ । अचेल बासमती चामल सर्वसाधारणको हातबाट फुत्केर सम्भ्रान्त वर्गको भोजनमा परिणत हुन गएको छ । बासमती चामलको वाणिज्यशास्त्रीय राजनीति पनि चर्को छ । बासमती धानको एकस्व अधिकार (प्याटेन्ट राइट) का विषयमा शक्तिशाली राष्ट्रहरूबीच तानातानी चलेको प्रसङ्ग पनि सेलाइसकेको छैन ।
झमेलाबाट बच्न थ्रो अवे इमेल
कुनै सामग्री अनलाइनमा पढ्न वा सेवा लिन विद्युतीय हुलाक अर्थात् इमेल ठेगाना अनिवार्य जस्तै भएको छ । के तपाईंलाई सम्झना छ इमेल ठेगाना दिनुपर्ने भएकाले तपाईंले कुनै सेवा नलिएर कुनै वेबसाइट बन्द गरेको ? हो प्रायः मानिस आफ्नो इमेल ठेगाना जहाँ पायो त्यहीँ राख्दा झन्झटमा परिने डरका साथै अनावश्यक सामग्रीले इनबक्स भरिने कुराले हत्तपत्त जुनसुकै वेबसाइटमा इमेल ठेगाना दिन चाहँदैनन् ।
सैनिक सङ्ग्रहालय
नेपालको एकीकरण कालदेखि नै नेपाली सेनाको योगदान रहेको छ । नेपाली सेनाले देशभित्र मात्र नभई बाहिरसमेत शान्ति स्थापनार्थ ठूलो योगदान पुर्याएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि २००९ सालमा नेपाली सेनाको पुनर्गठन भयो । यस संस्थासँग सम्बन्धित हातहतियारलगायत विभिन्न सामग्रीको सङ्कलन गरेर नेपालमा पनि सैनिक सङ्ग्रहालय स्थापना गरिएको छ ।
मेरो युवावस्था
साना ठूला घटनाले जीवनलाई नयाँ, गहकिला, सार्थक मोड दिँदा रहेछन् भन्ने तथ्य आफ्नो बहुरङ्गी युवावस्थालाई फर्केर हेर्दा म अहिले अनुभव गर्दछु । तीमध्ये युवा सुलभ रमाइला कुराहरू, कार्यहरू, कामनाहरू र आकाङ्क्षाहरूलाई रोचक तरिकाले उतार्ने अहिले मेरो मनसाय छैन, यद्यपि यस किसिमका विषयहरू पनि स्वभावतः मेरो अनुभवभित्र परेका थिए । म अहिले केवल दुई घटनामा सीमित रहन चाहन्छु, जसको संयोगले मेरो जीवनलाई अप्रत्याशित नयाँ मोड दियो ।
खतरनाक सेन्टेनेलिज
हिन्द महासागरमा अवस्थित सेन्टिनल द्वीपमा भ्रमणका लागि पुगेका एक अमेरिकी पर्यटकको हत्याले त्यहाँ पृथक् रहेर बस्ने गरेका एकान्तवासीप्रति विश्वको ध्यान आकर्षित भएको थियो । दुनियाँको सम्पर्कमा रहेका केही जातीय समूहमध्ये पर्छन् सेन्टेनेलिज । यसको एक कारण हुन सक्छ तिनीहरू बसोबास गर्ने भूगोल । उत्तरी सेन्टिनल एक सानो द्वीप हो र यो पानीजहाजको नियमित मार्गबाट पर कम गहिराइको क्षेत्रमा अवस्थित छ । यहाँ कुनै प्राकृतिक बन्दरगाह पनि छैन । भारतको सरकारले
अवसरको देश अस्ट्रेलिया
नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ– अस्ट्रेलिया । मुख्य रूपमा पढ्दै कमाउँदै गर्नका लागि नेपाली विद्यार्थीले अस्ट्रेलिया रोज्ने गरेको देखिन्छ । रोजगारीका अवसर, आकर्षक जीवनशैली, भौतिक सुविधा र स्थायी बसोबास (पिआर) लिन सकिने परिवेशले विद्यार्थीमा अस्ट्रेलिया मोह छ । आंशिक र पूर्णकालीन रोजगारीका अवसर प्राप्त हुनु, अन्तर्राष्ट्रिय मान्यताका विश्वविद्यालय र उच्च गुणस्तरको शिक्षा हुनु, अध्ययन गर्ने प्रकृति, सांस्कृतिक विविधता र नयाँ अवसरबारे ज्ञान हासिल गर्न सकिने अवस्था अस्ट्रेलियामा छ ।
विश्वयुद्धका ती महान् पन्छी
युद्ध क्षेत्रको सन्देशवाहकका रूपमा सेर अमीसरहका केही पखेटाधारी लडाकुले आफ्नो साहसिक कार्यका लागि विशिष्ट सैन्य सम्मान प्राप्त गरेका छन् । प्रथम विश्वयुद्ध अवधिमा युद्धक विमानहरूसँगै वायु सैनिक दस्ता मात्रै थिएनन् । युद्धको मैदानमा सैनिक, नाविक र पाइलटहरूका साथमा पाँच लाख जति तालिम प्राप्त परेवा पनि थिए । ती परेवाले युद्ध अवधिमा सैन्य गुप्तचरी र सङ्कटको सन्देश प्रेषण गरेर हजारौँ मानिसको जीवन बचाएका थिए । केही पन्छीले गम्भीर घाइते हुँदा पनि आफ्नो जिम्मेवारी निर्वाह गरेर महान् योद्धाको सम्मान पाए । उदाहरणका लागि सेर अमी परेवालाई फ्रान्सेली सेनाको सर्वोच्च सम्मान प्रदान गरिएको थियो । ‘प्रेसिडेन्ट विल्सन’ नामको परेवालाई पेन्टागनमा प्रतिस्थापित गरिएको छ ।
बरामका चुलोमा पितृको बास
बराम जातिको मुख्य थलो गोरखा मानिन्छ । यहाँबाट बसाइँ सरी तनहुँ, धादिङ, मकवानपुर, नवलपरासी, चितवन, नुवाकोट, ललितपुर, बारा र सर्लाहीमा बराम जातिको बसोबास भएको पाइन्छ । नेपाल सरकार, आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन–२०५८ अन्तर्गत सूचीकृत ५९ आदिवासी जनजातिमध्ये अतिसीमान्तकृत समूहमा बराम जाति पर्दछ । बराम जाति सोझा र सरल हुन्छन् । यो जातिको आफ्नै भाषा, संस्कृति, रहनसहन, जीवनपद्धति र सामाजिक मूल्य मान्यता छन् । हरिचन छन्त्याल र जगतबहादुर बराम लिखित बराम
बलात्कारी होसियार आयो रापेक्स
दक्षिण अफ्रिकाका चिकित्सा प्राविधिज्ञले महिलालाई बलात्कारीबाट जोगाउन सन् २००५ मा ‘रापेक्स’ आविष्कार गरेका थिए । महिला कण्डमसरहको ‘रापेक्स’ मा तिखा दाँत हुन्छन् । मुसा समात्ने फलामे पासो जसरी काम गर्ने ‘रापेक्स’ लाई महिलाले कण्डमसरह प्रयोग गर्नु पर्छ । महिलालाई बलात्कार गर्न खोज्ने व्यक्ति ‘रापेक्स’ का दाँतले नराम्रोसँग घाइते हुने र पासो ‘रापेक्स’ मा फसेको लिङ्ग निकाल्न ती व्यक्तिले अस्पताल नै पुग्नुपर्ने हुन्छ । आविष्कारक सोनेटी इहलरले ‘रापेक्स’ बनाए
हुइचलमा पुरुषलाई समेत प्रसव पीडा
मेक्सिकोको मध्य क्षेत्रमा अवस्थित दुर्गम पहाडी भूभागमा लगभग १५ हजार वर्षपहिले हुइचल आदिवासी अस्तित्वमा आएका थिए । अचेल पनि मेक्सिकोमा हुइचल आदिवासी रहेका छन् । हुइचलहरू ‘सियरा माद्री अक्सिडेन्टल’ पहाडमा बस्छन् । यिनीहरूले किसानका रूपमा दिन बिताइरहेका छन् । यिनको जनसङ्ख्या २० हजारको हाराहारीमा रहेको छ । हुइचलले मकै, सिमी तथा फर्सी, स्कुस, जकुनी, काँक्रोलगायतका लहरे तरकारी खेती गर्छन् ।
खाना र क्यान्सरबीचको सम्बन्ध
पछिल्लो समय बढ्दो शहरीकरण र आर्थिक रूपमा क्रय क्षमतामा सुधारसँगै नेपालीको दैनिकीमा निकै परिवर्तन आएको छ । यस परिवेशमा होटल, रेस्टुराँ, सीमानाका क्षेत्र, खाद्य सामग्रीको उत्पादन, ढुवानी, प्रशोधन तथा बिक्री वितरणको फितलो अनुगमनका कारण नेपालमा आगामी दिनमा क्यान्सरका रोगी बढ्ने निश्चित प्रायः छ । त्यसमाथि अग्रजको पालामा जस्तो अर्गानिक (शुद्ध) खानेकुरा पाउन गाह्रो छ । तिनीहरूको पालामा जस्तो शारीरिक परिश्रमको निकै अभाव छ । मोटोपनासँगै नसर्ने रोग लाग्ने क्रममा क्यान्सर हुन सक्ने जोखिम पनि बढ्छ ।
प्राचीन मानिसको साथी फ्याउरा
प्राचीन कालमा हाम्रा पूर्वजले कुकुर पाल्न सुरु गर्नुअघि फ्याउरा पाल्ने गर्दथे । फ्याउराले पनि कुकुरले जस्तै सुरक्षा दिने गर्थे । खेतीपातीको युगअघि प्राचीन मानिस जङ्गली अवस्थामा थिए । उनीहरूले शिकार, जङ्गली फलफूल र कन्दमूल खाने गर्दथे र त्यही शिकार फ्याउरालाई दिएर पाल्ने गरेको प्रमाण फेला परेको छ । दक्षिण अमेरिकामा यसको पुरातात्त्विक प्रमाण भेटिएको छ । त्यहाँ प्राचीन समाजमा फ्याउरालाई निकै पवित्र मान्ने गरिएको अनि मृत्यु भएपछि मानिस र फ्याउरालाई नजिकै गाड्ने गरिएको थाहा भएको छ ।
असाधारण कोयन
दुई छोराछोरीकी आमा नेदरल्यान्ड्सकी एथलेटिक्स खेलाडी फनी ब्ल्याङ्कर्स कोयनलाई ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्ने असाधारण खेलाडीका रूपमा चिनिन्छ । कोयनले सन् १९४८ को लन्डन ओलम्पिकमा १०० मिटर, २०० मिटर, ८० मिटर बाधा दौड (हर्डल्स) र ४ गुणा १०० मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन् । उनीभन्दा अगाडि र त्यसपछि एउटै ओलम्पिकमा एथलेटिक्सका चार विधामा स्वर्ण पदक जित्ने खेलाडी कोही पनि छैन । तसर्थ सन् १९४८ को लन्डन ओलम्पिक कोयनको असाधारण सफलताले चिनिन्छ ।
यार्सागुम्बाको वैज्ञानिक व्यवस्थापन
नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वनमा पाइने अलौकिक तथा अद्वितीय जडीबुटी र गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ ।
सातुको शक्ति
ड्राइ फ्रुट्स’ प्रयोग गरेर बनाइने ‘मल्टिग्रेन’ सातु बजारमा किनेको भन्दा आफैँले घरमा तयार गरेको उत्तम हुन्छ । पहिला पहिला पेट भर्न सातु खाइन्थ्यो भने अचेल धेरैले खाना भनेको पेट भर्न मात्र होइन स्वस्थ, तन्दुरुस्त र दीर्घजीवनका लागि खाइनु पर्छ भन्ने बुझेका छन् । सातु नेपालीको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए पनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, बेलुका कुनै पनि समय खान थालिएको छ । सातु आफैँमा सन्तुलित पौष्टिक आहार भएका कारण बच्चादेखि बुढाबुढी सबैलाई यो उत्तम मानिएको छ । परम्परागत रूपमा सातुलाई महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो या चिसो पानी, तातो या चिसो दूधसँग मात्र नभई विभिन्न फलफूलको रस या दहीसँग समेत खान थालिएको छ । कर्नफ्लेक्स, मुस्ली, चो
एसइईपछिको व्यावहारिक ज्ञान
हाम्रा अभिभावकले यति वर्षको हुँदा यसो गरेथ्यौँ र उति वर्षको हुँदा उसो गरेथ्यौँ भनेर सुनाइरहनुहुन्छ । हजुरबुवा र हजुरआमाको त विवाह दस वर्ष पुग्दा नपुग्दै भएथ्यो रे ! बाबाममीको पालोसम्म आइपुग्दा भने २० वर्ष पार हुन लागेको थाहा पाइयो । यस्तो हुनु भनेको समयको परिवर्तन नै रहेछ । हामी स्वयंलाई त आफू सानै भएझँै लाग्ने नै भयो । उहाँहरू पनि यो केटाकेटी नै छे, सानै छे, केही जान्दिन, पछि सिकिहाल्छे नि भन्नुहुन्छ । उहाँहरूले नै त्यति भनेपछि आफूलाई झनै केटाकेटी बन्न मन लाग्ने रहेछ । लाडिन, अझै माया पाउन र मीठो मसिनो खाइरहन मन लाग्ने रहेछ !
ट्रोयलाई हराउने ट्रोजन हर्स
ट्रोजन युद्धका बेला आक्रमणमा परेको कांस्यकालको पौराणिक शहरका नामले चिनिन्छ ट्रोय । जसको वर्णन प्राचीन ग्रीसका पौराणिक कथामा छ । ट्रोय शहर काल्पनिक नगरी थियो या वास्तविक शहर भन्नेमा पुरातत्वविद्हरूमा मतभिन्नता थियो तर पछिल्ला पुरातात्त्विक अध्ययनले ट्रोय काल्पनिक नगरी नभई वास्तविक शहर रहेको पुष्टि गरेको छ । पुरातात्त्विक अध्ययनले ट्रोयलाई वर्तमान टर्कीको उत्तर–पश्चिममा अवस्थित ऐतिहासिक नगरीका रूपमा प्रमाणित गरेको छ । पुरातात्त्विक उत्खननले होमरको इलियड शहर नै (ट्रो
चन्द्रमामा बुलेट रेल !
जापानी वैज्ञानिकहरूले चन्द्रमामा बुलेट रेल चलाउने तयारी सुरु गरेका छन् । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलमार्ग निर्माण गर्ने योजनामा काम गरिरहेका समाचार थाहा भएको छ । योसँगै पृथ्वीभन्दा बाहिर मानिसलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । जापानी शोधकर्ताहरू यसका लागि एउटा जीवन्त आवास बनाउने योजनामा जुटेका छन् । यो एउटा सोली आकारको भवन हुनेछ, जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।
सम्भव छ विगत हेर्न
बितेको समयमा सम्पन्न भइसकेका घटनालाई पनि तस्बिर र भिडियोका रूपमा खिच्न सकिने कुरा वैज्ञानिक जगत्मा सनसनीपूर्ण उपलब्धिका रूपमा आएको छ । सम्भवतः यो उपलब्धि आम मानिसका लागि चाँडै अचम्मको सफलताका रूपमा स्थापित हुन के बेर । हरेक घटना प्रकाशको गतिसँगै अन्तरिक्षमा प्रसारण भएका हुन्छन् । तारामण्डल तथा शक्तिशाली गुरुत्व केन्द्रमा ठक्कर खाँदै ब्रह्माण्डको व्यापक क्षेत्रमा रुमल्लिरहेका होलान् लाखौँ वर्षपहिलेका घटनाका तरङ्ग । ठूलो ‘रिफ्लाक्टिङ मिरर’, शक्तिशाली ‘कन्जरभिङ लेन्स’ र शक्तिशाली ‘एम्प्लिफाइङ’ संयन्त्रको मद्दतबाट ती घटनालाई हाम्रो आँखा
सङ्गीतको भूगोल
सङ्गीत र भूगोलबीच नङ र मासुको जस्तै घनिष्ट सम्बन्ध छ । सङ्गीत भूगोलको उपज हो र सङ्गीत भूगोलवासीका लागि । भूगोलबिना सङ्गीतको अस्तित्व नै रहन सक्दैन । सङ्गीतमा भूगोल प्रतिविम्बित हुन्छ, माटोको सुवास मगमगाउँछ र भूगोलको परिचय झल्कन्छ । सङ्गीतको झङ्कार, गीतका भाका र शब्दमा भूगोल प्रतिविम्बित भइरहेका हुन्छन्, जसले सङ्गीत र भूगोलबीच विद्यमान घनिष्ट साइनोको साक्षी बकिरहेको हुन्छ ।
भरपर्दो फिङ्गर प्रिन्ट
अहिले डिजिटल दुनियाँमा फिङ्गरप्रिन्ट (औँठा छाप) र फेस आइडी (बायोमेट्रिक अथन्टिकेसन)लाई विश्वसनीय र भरपर्दो सुरक्षा उपायका रूपमा लिने गरिन्छ । सुरक्षाका दृष्टिकोणबाट हेर्दा फिङ्गर प्रिन्ट अथन्टिकेसनको विश्वसनीयता ९८ देखि ९९.९१ प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ । यति भनिरहँदा फिङ्गर प्रिन्टलाई डिजिटल अथन्टिकेसनको मुख्य र अन्तिम विकल्पका रूपमा लिनु भने हुँदैन । सूचना प्रविधिको क्षेत्रमा पिन कोड, पासवर्ड, प्याटर्न लकलगायतका प्रविधिसमेत प्रचलनमा छन् । पछिल्लो र सुरक्षित मानिएको फिङ्गर प्रिन्ट सेन्सर प्रयोग गरी मोबाइल डिभाइस सुरक्षित गर्ने प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले सजि